सूचनाको हक प्राण वायु, प्रत्येक नागरिकको अधिकार हो– प्रमुख आयुक्त बाँस्कोटा

नेपालगन्ज २८ जेठ / राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले स्थानीय तहमा सुशासन कायम गराउनमा सूचनाको हक एक प्रभावकारी औजार भएको बताउनुभएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको जनप्रतिनिधी र कर्मचारीह?का लागि सूचनाको हक सम्वन्धी अनुशिक्षण कार्यक्रममा सहजीकरण गर्दै उहाँले पारदर्शिता, जवाफदेहिता अभिबृद्धि गरि सुशासन कायम गर्नेतर्फ जोड दिनुभयो । उहाँले स्थानीय सरकारलाई सूचनाको हक, ऐन कानून, निति, सुशासनका आधार बारे जनप्रतिनिधिह?लाई जानकारी गराउनुपर्ने आवश्यता रहेको बताउनुभयो । प्रमुख सूचना आयुक्त बास्कोटाले भन्नभुयो –सूचनाको हक, लोकतन्त्रको प्राण वायु हो, यसको विना नागरिक कोही पनि बाच्न सक्दैन, प्रत्येक नागरिकसंग सूचनाको भण्डार हुनुपर्दछ । अहिलेको पुर्नसंरचनामा स्थानीय सरकार संचालन गर्ने जिम्मा पाएका जनप्रतिनिधीले नागरिकको अधिकार र समग्र विकासका लागि उल्लेख्य भुमिका काँधमा आएको उहाँले बताउनुभयो । अनुशिक्षणमा उहाँले सूचनाको हक, सुशासन, स्थानीय सरकार संचालन ऐन, जनप्रतिनिधीको काम कर्तव्य अधिकार, प्रदेश ५ को सम्भावना, उपमहानगरपालिकाको समग्र विकासको सम्भावना र सकारात्मक सोचको विकास लगायतका विषयमा जानकारी गराउनुभएको थियो । 
अनुशिक्षणमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शम्सेर राणाले नगरको समग्र विकास तथा सुशासनको पुर्ण पालनाका लागि लागी परेको बताउदै नमुनाको ?पमा नगरलाई आफुले विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उपमहानगरपालिकामा सुशासन तथा अन्य पुर्वाधार सूचक तयार गर्नका लागि विभिन्न योजना तयार गरि अघि बढने बताउनुभयो । 
अनुशिक्षणमा उपमेयर उमा थापा मगरले उपमहानगरपालिकामा सुशासन तथा सूचना मैत्रीका लागि सबै सूचकह?को पालना गरिरहेको बताउदै आगमी दिनमा पुर्ण सूचनामैत्री उपमहानगरपालिका बनाउने प्रतिबद्धता गर्दै भन्नुभयो त्यसका लागि अब केही सूचक मात्रै पुरा गर्नुपर्नेछ । 
कार्यक्रममा संस्थाका अध्यक्ष विश्वजित तिवारी, कार्यकारी निर्देशक राकेशकुमार मिश्रले स्थानीय तहमा सूचनाको हकको महत्वका बारेमा आ आफनो विचार राख्नुभएको थियो । अनुशिक्षणमा नेपालगन्ज उपमहानगरापालिका मेयर, उपमेयर, २३ वटै वडाका वडाध्यक्ष, नगरकार्यपालिका सदस्य, तथा कर्मचारीह?को सहभागिता रहेको थियो । 
यसैविच नेपालगन्ज सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटालाई सम्मान गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा २०७४ सालमा  प्रमुख आयुक्त बास्कोटालाई सम्मान गरेको निर्णय अनुसार नेपालगन्ज आएको समयमा सम्मान गरिएको हो । सुशासन र सूचनाको हकका क्षेत्रमा उहाँले पुरयाउनुभएको योगदानको कदर गर्दै सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । संस्थाले आफनो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष एक जना सूचनाको हकका क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको व्यक्तीलाई सम्मान गर्दै आएको छ । त्यस अवसरमा नेपालगन्ज उद्योग बाणिज्य संघ र सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा सूचनाको अधिकारयुक्त निजी क्षेत्रको भुमिका र दायित्वका विषयमा अन्र्तक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख सूचना आयुक्त बास्कोटा, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जर्नादन आचार्य, उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतको उपस्थिती रहेको छ । त्यसैगरि सूचना र मानवअधिकार अनुसन्धान केन्द्र र नरैनापुुर गाउँपालिकाको आयोजनामा नरैनापुुर गाउँपालका वडा नं. ४ मा पनि सूचनाको हक सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो अनुुशिक्षणमा अधिवक्ता केशवराज पन्तले सहजीकरण गर्नु भएको थियो भने सो अनुशिक्षण कार्यक्रमको प्रमुख अतिथिमा वडा नं. ४ का वडा अध्यक्ष दिनेशचन्द्र शर्मा रहनुभएको थियो ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/