बाँकेको नरैनापुरमा महिला समृद्धि कार्यक्रम शुरु

बाँके /  बाँकेको नरैनापुर गाउँपालिकाका महिलाहरुलाई समृद्धि र समुुन्नतीतर्फ उन्मुख गराउन कार्यक्रम शुरु गरिएको छ । बाँकेको सबैभन्दा बिकट गाउँपालिकाका रुपमा परिचित सो क्षेत्रका महिलाको समृद्धि, समुन्नती बढाउने कार्यक्रम शुरु गरिएको हो । नरैनापुर गाउँपालिकाको सहयोग तथा सभ्य समाज नेपाल, बाँकेले उक्त कार्यक्रममार्फत पिछडिएको समुदायलाई स्वालम्बी बन्नमा जोड दिएको छ । त्यस क्षेत्रका महिलाहरुलाई आयआर्जनमा प्रेरित गराई उनीहरुको जीवनयापनलाई सहज बनाउन पहिलो चरणमा गाउँपालिकाका ६ वटै वडाहरुमा आयआर्जन तथा बचत समूह समेत गठन गरिएको छ ।
प्रत्येक वडाका सबैजसो महिलाहरुको सहभागिता हुने गरी वडामा दुई समूह गठन गरिएको हो । उनीहरुको सक्रियताका लागि आवश्यक पर्ने ज्ञान सीप प्रदान गरिएसंगै महिलाहरुको अग्रसरता पनि बढेको छ । सभ्य समाज नेपालका कार्यक्रम संयोजक राजु यादवका अनुसार जिल्लाको बिकट क्षेत्रका रुपमा रहेकाले गाउँपालिकाको समन्वय र सहकार्यमा यहाँको जीवनस्तरलाई उकास्न यस किसिमको कार्यक्रम संचालन गरेर जोड दिइएको छ । हालसम्म कमै मात्र कार्यक्रम तथा समूहरुमा आवद्ध भएका स्थानीय महिलाहरुले समूह गठनसंगै स्थानीयस्तरमै जीवन निर्वाहमा सहजता ल्याउने कार्य पनि गर्नतर्फ लाग्ने बताएका छन् । त्यस्तै महिलाहरुको क्षमता अभिबृद्धिका लागि तालिम दिइएको छ ।
हालसम्मा वडा नं. ३ कालाफँटा, ४ नरैनापुर, ५ मटेहिया र ६ गंगापुर उक्त तालिम सकिएको छ । प्रत्येक ५० जना महिलाहरुको क्षमता अभिबृद्धि गरिएको कार्यक्रम संयोजक यादवले जानकारी दिनुभयो । तालिमलाई कार्यक्रम संयोजक यादव, मिना पुन मगर, उदयराज जयसवाल र लालमति रानाले तालिम दिएका हुन । तालिममा महिलाहरुलाई स्थानीयस्तरमै आयआर्जन क्षमता बिकास र समूह व्यवस्थापनका बिषयमा प्रशिक्षण दिइएको सभ्य समाज  नेपाल, बाँकेका अध्यक्ष सुर्यलाल यादवले जानकारी दिनुभयो ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/