काठमाडौं / गायक बिपी वाग्लेको ‘मेरो प्राण तिमी नै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मिसन इन्टरटेन्मेण्ट प्रालिले निर्माण गरेको गीतको भिडियो गायक वाग्ले र गीतकार होम न्यौपानेको संयुक्त प्रस्तुति हो।
भिडियोमा नायिका मरिस्का पोख्रेल र दृश्य सुवेदीले अभिनय गरेका छन् । भिडियोको निर्देशन समेत मरिस्का पोख्रेलले नै निर्देशन गरेकी हुन्। गीतमा स्वर र संगीत गायक वाग्लेको समेटिएको छ भने एरेन्ज रिेकश गुरुङले गरेका हुन्।
साँचो माया गर्ने प्रेमी तथा विवाहित जोडीले गीतको भिडियो अझ धेरै मन पराउने आशा निर्माण पक्षले राखेको छ। भिडियो मिसन इन्टरटेन्मेण्टको युट्युव च्यानलबाट सार्वजनिक भएको हो।
0 comments:
Post a Comment