५ दिने मनोसामाजिक विमर्श तथा परामर्श शुरु

सोम गुरुङ,बर्दिया २७ बैशाख/ आवाज संस्थाको आयोजना र बढैयाताल गाउँपालिकाको सहकार्यमा तथा एकपात लकजम्बर्गको आर्थिक सहयोगमा मलाई श्रीमान होइन किताब देऊ भन्ने मुल नारा सहित बढैयाताल गाउँपालिकामा ५ दिने मनोसामाजिक विमर्श तथा परामर्श तालिम आइतवारदेखि शुरु भएको छ । 
आवाज संस्थाले महिला तथा बालबालिका बिषयमा काम गर्दै आएको जानकारीका साथै आगामी दिनमा गरिने कार्यक्रमका बारेमा आवाज संस्थाका कार्यक्रम संयोजक चक्रराज गिरी र बर्दिया जिल्लाका कार्यक्रम अधिकृत गंगा श्रेष्ठले जानकारी गराएका थिए । यस ५ दिने मनोसामाजिक विमर्श तथा परामर्श तालिमको सहजीकरण आवाज संस्थाका बरिष्ठ परामर्शदाता निशा पौडेलले सहजीकरण गर्नु भएको छ । सो तालिममा मनोसामाजिक विमर्श तथा परामर्श भनेको के हो? सही सुचना संकलन तथा विश्लेषण गर्ने तरिका, कानुनी प्रक्रियाहरु, सही सल्लाह तथा सुझाव दिने विधि, मनको भित्री कुरा बुझने विधि आदि विषयमा तालिम दिइने बताइएको छ । 
उद्घाटन कार्यक्रमको समारोहमा बोल्नु हुदै प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले यस तालिमले बालबालिकाको समस्या पहिचान गर्न मद्धत पुग्ने र समस्या पहिचान गरि विश्लेषण गर्न सहयोग पुग्ने हुदाँ सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । साथै उहाँले बालविवाह रोक्न समेत मद्धत पुुग्ने विश्वास राख्नु भएको थियो । सो तालिममा बढैयाताल गाउँपालिकाका महिला पुरुष गरी ३ दर्जन बढीको सहभागिता रहेको छ । आवाज संस्थाका सामाजिक परिचालक सुन्दर चौधरीले स्वागत मन्त्ब्य राख्नु  भएको थियो भने सामाजिक परिचालक कृष्ण अधिकारीले उद्घाटन कार्यक्रमको सन्चालन गरेका थिए ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/