आईएचआरसीको छैठौ बार्षिक साधारण सभा सम्पन्न

भाद्र ३० नेपालगन्ज / सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र(आईएचआरसी) को छैठौ बार्षिक साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र(आईएचआरसी) का अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभामा स्थापना कालदेखि बिभिन्न आरोह र अवरोहलाई पार गर्दै सूचना र मानव अधिकार अनुसन्धान केन्द्र(आईएचआरसी) यो स्थान सम्म कसरी आईपुगेको भन्ने बिषयमा केन्द्रका कार्यकारी निर्देशक राकेश मिश्रले कार्यक्रममा उपस्थित अतिथीहरुलाई शुभकामना तथा संस्थाको उद्धेश्य, गरेका कार्यहरु बारेमा समेत प्रकास पार्नु भएको थियो । 
साधारण सभाको उदघाट्न समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले सूचनाको हकले आम नागरिकलाई आफनो सार्वजनिक निकायका बारेमा जान्न पाउने अधिकार प्रत्याभुुत गरेको बताउनुुभयो । त्यसै गरि विशिष्ट अतिथि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्ले सूचनाको अधिकारले आम नागरिकलाई सचेत बनाउन अहम भुमिका खेल्नेमा जोड दिनुुभयो । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले सूचना हरेक आम नागरिकलाई नभई नहुुने हुदाँ सूचनामा पहुच राख्नु पर्ने बताउनु भयो साथै उहाँले भविष्यमा सहकार्य र समन्वय गरेर मानव अधिकारको क्षेत्रमा कार्य गर्न प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । सोही अवशरमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले पनि शुभकामना ब्यक्त गर्नुहुदै अमेरिका भ्रमणको आफनो अनुभव पनि सुनाउनु भएको थियो । शुभकामना ब्यक्त गर्नेहरुमा नेपालगन्ज उच्च अदालत बार एसोसियसनका अध्यक्ष बल बहादुर चन्द, उपभोक्ता हित संरक्षण मन्चका संयोजक बशन्त गौतम, महेन्द्र पुुस्तकालयका ब्यवस्थापक सचिनान्द चौबे, अवधि साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमाल, एमेन्ष्टी ईन्टरनेशनलका उपमहासचिव यशोदा उपाध्याय, अधिवक्ता प्रभाकर भट्टराई, इन्सेकका केन्द्रिय सदस्य कृष्णमुरारी भट्ट, नेपाल मानव अधिकार संगनका अध्यक्ष प्रल्हाद बहादुर कार्की, नेपाल पत्रकार महासंघ प्रदेस नं. ५का सचिव शुक्रऋषि चौलागाई, जिल्ला बारका सचिव पुनम श्रेष्ठ, योग गुरु गिरीराज शर्मा, हरित अभियान्ता हेमन्तराज काफलेले उपस्थिती रहेको थियो । 
कार्यक्रममा केन्द्रका कोषाध्यक्ष अल्का मिश्रले गत आ.व. २०७४०७५ को आर्थिक प्रतिवेदन र सचिव रजनी खनालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सन्चालन संस्थाका जवाफदेहिता अधिकृत सोम गुरुङले गरेका थिए ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/