भाद्र १८ बर्दिया / बर्दियाको बढैयातालमा एकपात लक्जम्वर्गको आर्थिक सहयोग, बढैयाताल गाँउपालिकाको समन्वय र आवाज संस्थाको आयोजनामा गाँउपालिका स्तरिय ३ दिने बाल संरक्षण सम्बन्धि क्षमता अभिबृद्धि तालिम आज सम्पन्न भएको छ । सो तालिमको सहजीकरण अधिबक्ता केशव बहादुर जिसी र वाल अधिकारकर्मी रमा भण्डारीले गर्नुभएको छ । तालिममा अधिबक्ता केशव बहादुर जिसीले बाल बिवाह गर्ने र गराउनेलाई कानुनमा भएको सजाय र दण्ड, जबर जस्ती करणी लगायतका कानुनी प्रक्रियाका बारेमा सहजिकरण गर्नुभएको थियो । त्यस्तै बालअधिकारकर्मी रमा भण्डारीले समूह बिभाजन गरी बाल बिवाह हुनुको कारण, बालबिवाहबाट शारिरीक तथा मानसिक रुपमा पर्ने असर र बाल बिवाह गरेपछि स्वास्थ्यमा देखा पर्ने असरको बारेमा समुहगत रुपमा छलफल गराउनु भएको थियो । तालिमका सहभागिहरुले गाँउ समाजमा शिक्षाको कमी, चेतनाको कमी, अभिभावकले आफ्ना बालबालिकाहरुलाई उचित संरक्षण गर्न नसक्नु, यौन शिक्षा तथा बालबालिकाहरुको भावना अनुसार बुझ्न नसक्नु र बेरोजगारको कारण गाँउ समाजबाट बाल बिवाह तथा घरेलु हिंसा हट्न नसकेको निस्कर्ष निकालेका थिए । सो तालिमलाई आवाज संस्थापक चेतन गिरी र गंगा श्रेष्ठले पनि सहजीकरण गर्नु भएको थियो ।
गाँउपालिका स्तरिय ३ दिने बाल संरक्षण सम्बन्धि क्षमता अभिबृद्धि तालिम सम्पन्न

0 comments:
Post a Comment