लागु पदार्थ दुव्यसनी र महिला हिंसा न्युनिकरणका लागि बढैयाताल गाँउपालीका सक्रिय हुदै

कार्तिक ७  बर्दिया / मदिरा सेवन, लागु पदार्थ दुव्यसनी र महिला हिंसा न्युनिकरणका लागि बढैयाताल गाँउपालीका सक्रिय रुपमा लागेको छ । बढैयाताल गाँउपालीका भित्र हुने मदिरा सेवन, लागु पदार्थ दुव्यसनी र महिला हिंसा लगायतका सामाजिक बिकृती न्युनिकरणका लागि गाँउपालीकाले सरोकार निकाय, राजनितिक दल, सचेत नागरिक, स्थानियहरु सँग अन्तक्रिया, अभिमुखिकरण, सचेतना मुलक कार्यक्रम तथा छलफललाई तिव्र पारेको छ । सोही कार्यक्रम अनुसार आज वडा नम्बर ४ मा अन्तरक्रिया गरिएको छ ।

बढैयाताल गाँउपालिका वडा नं ४ को आयोजना तथा इलाका प्रहरी कार्यालय मैनापोखरको समन्वयमा भएको कार्यक्रममा अध्यक्षताको आसनबाट बोल्दै वडा नं ४ का अध्यक्ष कर्ण बहादुर थापाले जाँड राक्सी जुवा तास तथा बालबालिका संम्बन्धी हुने जघन्य अपराध बढिरहेकोले यसलाई रोक्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण ओलीले मदिरा सेवन, महिला हिंसा, सुर्तिजन्य पदार्थ, मादक पदार्थ बढैयाताल गाँउपालिकाबाट निशेध गर्नको लागि तिहार र छठ सम्म ब्यापक प्रचार प्रसार गर्ने बताउनु भयो ।

प्रचार प्रसारबाट सचेत बढाए पछि पनी नरोकिए कानुनी कारबाहीको दायरामा ल्याउने प्रहरी निरिक्षक वलीको भनाई थियो । समाजमा एक जना महिलाले रक्सी बेचेर जिवीको पार्जन गरिरहे पनि मदिरा सेवनबाट १० जना महिलाको घरबार बिग्रि रहेकोले मदिरा बेच बिखन भन्दा अन्य व्यापार ब्यवसाय तर्फ लाग्नु पर्ने प्रहरी निरिक्षक वलीले बताउनु भयो ।कार्यक्रममा म महिला हिंसा गर्दिन, म महिला हिंसा अरुलाई गर्न दिन्न, म महिला हिंसा सम्बन्धी १० जनालाई सिकाउने छु भन्ने बाचा सहित उपस्थित सबै जनाले आ—आफ्नो प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष कर्ण बहादुर थापा, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण वली, साहायक प्रहरी निरिक्षक बसन्त कुमार बस्नेत, वडा सदस्यहरु लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक, युवा, महिला, बालबालिका पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/