बाल बिबाह रोकथाम: सरोकार कस्को ?

कृष्ण समर्पण / शारिरीक तथा मानसिक रुपमा अपरिपकत्ताको अबस्थामा गरिने बिबाहलाई बाल बिबाह भनिन्छ । कानुनले तोकोके भन्दा कम उमेरमा गरिने वा गराईने बिबाह बाल बिबाह हो । नेपालको कानुनले २० बर्ष भन्दा कम उमेरमा गरिने बिबाहलाई बाल बिबाह भनेको छ । कानुन अनुसार बाल बिबाह गर्ने वा गराउनेलाई बिभिन्न सजाए तथा दन्द हुने ब्यबस्था छ । 
बाल बिबाह रोकथाम तथा न्युनिकरणका लागी सरकारी निकाएका बिभिन्न कार्यालय तथा गैरसरकारी निकाएका कार्यालयहरुमा, शहरका बिभिन्न गल्ली तथा गांउका भित्ताहरुमा तथा  भन्सार सिमाका छेउछाउमा  बाल बिबाह रोकथाम सम्बन्धि बिभिन्न पोस्टर,पम्पेलेट टांसेको देखिन्छ । रेडियो तथा टेलिभिजनबाट  घण्टौ पिछे बाल बिबाह रोकथाम सम्बन्धि रेडियो जिङ्गल प्रशारण भएको सुनिन्छ । त्यस्तै टेलिभिजनबाट बाल बिबाह सम्बन्धि बिभिन्न टेलिसिरियलहरु देखाईएको पाईन्छ । “ बिहेबारी २० बर्ष पारी ’’ भन्ने नारा सबै भन्दा धेरै चर्चित नारा हो ।हुनत बाल अधिकारको क्षेत्रमा मपनि काम गर्छु तर पनि बाल बिबाह रोकथाम सम्बन्धि यस्ता धेरै प्रयासहरु भएको देखिरहदा मेरो मनमा धेरै प्रश्न खेल्ने गर्छ । के बाल बालबालिकाहरु बाल बिबाहबाट अछुटो भए त ? के बाल बिबाह न्युनिकरण भयो त ? के बाल बिबाह रोकथाम भयो त ? 
हाम्रो समाजमा धेरै समाजिक समस्याहरु तथा बिकृतिहरु ब्याप्त छन् । अझै भन्ने हो भने बालबालिकाका तथा महिलाहरुको समस्या धेरै छन् । यि समस्याहरु मध्ये बाल बिबाह पनि एक प्रमुख समस्या हो । बाल बिबाहको बारेमा जान्नका लागि सानासाना बालबालिकाको अधिकार अर्थात बाल अधिकारको बारेमा जान्न जरुरी हुन्छ । सामान्यरुपमा बाल अधिकार भन्नाले सानासाना भाई बहिनिहरुले पाउनु पर्ने सबै किसिमको अधिकारहरु हुन । बाल बालिकाहरुको शारीरिक तथा मानसिक बिकाशको लागि बाल अधिकारको प्रत्याभुत हुन एकदमै आबश्यक हुन्छ । 
सन १९८९ मा बालअधिकार सम्बन्धि अन्तराष्ट्रिय सम्मेहलनले १८ बर्ष मुनिका भाईबहिनिहरु बलबालिकाहरु हुन भनेर भनेको छ । तर नेपालमा १६ बर्ष मुनिका केटाकेटिलाई बालबालिका भनेर भनेको छ । आजका साना साना बालबालिकाहरु भोलिका देशका कर्णधार हुन त्यसैले बाल अधिकारको संरक्षण गर्नमा राज्यको प्रमुख दायित्व हुन्छ । बाल अधिकार हामी सबेको सरोकारको बिषय हो र बिषय बन्नु पनि पर्छ । बाल अधिकारको संरक्षणमा तपाई हामीले धेरै भुमिका खेल्न सक्दछम ।
बाल अधिकार भित्र चार खम्भाहरु छन् । यि चार खम्भाले भाईबहिनिका सबै अधिकारहरुलाई समेटेने कोसिस गरेको छ । चार खम्भामा पहिलो बाँच्न पाउने अधिकार हो । दोस्रो सँरक्षणको अधिकार हो । तस्रो बिकाशको अधिकार हो र चौथो सहभागताको अधिकार हो । बाल अधिकारलाई नेपालको संबिधान २०७२ ले पनि समेटेको छ । संबिधानमा बाल अधिकारलाई मौलिक हकको रुपमा भाग ३ को धारा ३९ मा बालबालिकाको हक भनेर ब्यबस्था गरेको छ । यसमा १० उपधाराहरु छन् । यि उपधाराहरुमा पहिचान सहितको नाम र जन्मदर्ता पाउने, परिवार र राज्यले शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद तथा सबै ब्यक्तित्व बिकाशको अधिकार, कलकारखाना, खानी तथा जोखिमका काममा लगाउन नपाउने, बाल बिबाह , गैरकानुनी ओसारपसार तथा अपहरण वा बन्धक बनाउन नपाउने, सेना, प्रहरी वा सशस्त्र समुहम भर्ना या प्रयोग गर्न नपाउने, कुनै पनि धार्मिक वा साँस्कृतिक प्रर्चलनका  नाउँमा या कुनै पनि माध्यमद्धारा दुब्र्यबहार, उपेक्षा वा शारिरीक वा मानसिक या योन जन्य शोषण गर्न नपाउने, असाहय, अनाथ , अपाड्डता , द्धन्द्ध पिडित, बिस्थापित या जोखिमारहेका बालबालिकाहरुलाई राज्यबाट बिशेष संरक्षणको सुबिधा पाउने र कानुन बमोजिम दण्दनीय हुने कार्य गरेको पाईयमा पिडित बालबालिकाहरुलाई पिडकबाट कानुन बमोजिम क्षतिपुर्ति पाउने जस्ता धेरै हकहरुको ब्यबस्था नेपालको सँबिधानले गरेको छ ।
नेपालको कानुनमा बालबिबाह प्रतिबन्धित भएपनि हाम्रो समाज बाल बिबाह मुक्त हुन सकेको छैन । बाल बिबाहका कारण हाम्रो समाजमा धेरै किसिमको समस्या तथा बिकृति पनि पैडा भएको छ । उमेर नपुग्दै बिबाह गरेमा छिट्टै आमा बन्न बाध्य हुने , आत्मनिर्भर नहुँदै पारिवारिक जिम्बेवारी उठाउनु पर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीबात बञ्चित हुनुपर्ने पनि हुन सक्छ । त्यस्तै सानैमा बिबाह गरेमा शारीरिक तथा मानसिक धेरै किसिमको असर पर्न सक्छ । सानै उमेरमा आमा बन्नु पर्ने । शारीर कम्जोर हुने । बुवा आमाको जिम्बेवारी उठाउनु पर्ने । अत्याश्यक आबश्यकताहरु पुरा गर्न नसक्ने हुन सक्छ । 
बाल बिबाह गर्ने र गराउने दुबैलाई कानुनअनुसारको दण्द सजाय हुन्छ । नेपालको कानुनअनुसार बाल बिबाह गरेमा निम्न किसिमको दण्द तथा सजाएको ब्यबस्था छ । दश बर्ष पुरा नभएको बालिकाको बिबाह गरेमा या गराएमा छ महिनादेखि तिन बर्ष सम्मको कैद सजाय वा एक हजारदेखि  दश हजार रुपैँया सम्मको जरीवाना । दश बर्षदेखि चौध बर्ष उमेर नपुगेको बालिकाको बिबाह गरेमा या गराएमा तीन महिनादेखि एक बर्षसम कैद या दश हजार रुपैया सम्मको जरीवाना । चौध देखि अठार बर्ष नपुगेका बालिकाको बिबाह गरेमा वा गराएमा छ महिना सम्म कैद वा दश हजार रुपैया सम्मको जरीवाना वा दुबै सजाए । र बीस बर्ष नपुगेका बालिकाको बिबाह गरेमा या गराएमा छ महिनासम्मको कैद वा दश हजार रुपैया सम्मको जरीवाना वा दुबैु सजाय हुने ब्यबस्था छ । 
सानै उमेरमा बिबाह गर्ने र गराउने धेरै कारण हुन सक्छ । यस मध्ये सबै भन्दा ठुलो कारण अशिक्षा र चेतनाको अभाब हो । गरीबी, घरको अबस्थाको कारण, कसैको दबाबको कारण र बिभिन्न प्रलोभनको कारण पनि सानै उमेरमा बिबाह गर्ने या गराउने हुन सक्छ । त्यस्तै आजभोलिको आधुनिक जमानामा पश्चिमि संस्कृतिको धेरै प्रभाब प्रभाब परेकोले यस्को अनुसरण गर्ने करणले पनि समाजमा धेरै बिकुतिहरु पैडा भएका छन जस्ले गर्दा बाल बिबाह गर्न थप हौसला प्रदान गरेको छ । बढ्दो आधुनिक उपकरण र गलत सामाजिक सञ्जालको प्रयोगको कारण पनि धेरै बालबालिका र युबाहरु यस्को सिकार हनु पुगेका छन् । । जस्को प्रत्यक्ष असर बालबालिकाहरुमा परेको छ । सानै उमेरमा लभ गर्ने प्रचलन बढ्दो छ, प्रेम र आकर्षणलाई छुट्याउन नसक्नाले धेरै बालबालिकाहरु गलत कदम उठाउने गरेका छन । भागेर बिबाह गर्ने ।बालबिबाह गर्ने। डिप्रेसनको सिकार हुने। असुरक्षित योन सम्पर्क राख्ने र अनईक्षित गर्भधारण गर्ने सक्ने तथा आत्महत्या समेट गर्ने गलत कदम उठाउन सक्छन् ।
केटा केटिहरुलाई हुर्काउने र बढाउने प्रमुख जिम्बेवारी बुवा आमाको हो । आपmना बालबालिकाहरु कहाँ जान्छन् ? के गर्छन ? कस्तो संगत गर्छन ? जस्ता कुराहरुमा ध्यान दिन एकदमै जरुरी हुन्छ । त्यसतै बाल अधिकारका बारेमा प्रत्येक अभिभाकहरुले जान्न जरुरी छ  । बाल बिबाह रोकथाम तथा न्युनिकरणमा अझै प्रभाबकारी कार्यक्रमहरु गर्न जरुरी छ ।  बाल अधिकार हामी सबैको सरोकारको बिषय हो  । बाल अधिकारको संरक्षणमा तपाईले पनि अहम भुमिका खेल्न सक्नु पर्छ । कसैले बाल बिबाह, बाल श्रम या बाल अधिकारको हन्न गरेका खबरदारी गर्ने जिम्मा तपाईको पनि हो । 
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/