वालविवाह न्यूनिकरण गर्न सरोकारवालाको एक्यबद्धता

बर्दिया १२ मंसिर / समाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाकेको
आयोजना, प्लान ईन्टरनेशनल नेपालको सहयोग र गुलरिया नगरपालिका र बर्दिया
जिल्ला अदालत बार एशोशियशन बर्दियाको समन्वयमा गुलरियामा बाल विवाह
न्यूनिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त
कार्यक्रममा बाल विवाह विरुद्ध कानुनमा भएको ब्यवस्था र मुद्दा सिर्जना
हुने अवस्था, बाल विवाहका कारण र रोकथामका उपाय र मुद्दा किनाराका लागी
कानुन ब्यवसायीहरुको भुमिका, प्रयास र किनाराका अभ्यासहरु बारे
सहजकर्तावाट प्रस्तुतिकरण, छलफल, समुह कार्य र प्रस्तुतिकरण समेत भएको
थियो ।
सो कार्यक्रम संचालन स्याक नेपालका कार्यक्रम अधिकृत अशोक चौधरी, स्वागत
तथा कार्यक्रमको उद्देश्य स्याक नेपालका कार्यक्रम अधिकृत किशोर कुमार
चौधरी, कार्यक्रम सहजीकरण अधिबक्ता खडानन्द तिवारी, बर्दिया जिल्ला
सरकारी वकिलको कार्यालयका लक्ष्मी किशोर शर्मा, प्रमुख अतिथि गुलरिया
नगरपालिकाका उपप्रमुख श्री शुशिला गिरी र कार्यक्रमका अध्यक्षता बर्दिया
जिल्ला बार एशोशिएशनका अध्यक्ष श्री देबीदत्त देवकोटाले गर्नुभएको थियो ।
मन्तब्यको क्रममा बाल विवाह गर्ने गराउने दुवै अपराधी हो त्यसैले नेपाल
सरकारको कानुन बमोजिम सजायको भागीदार हुनुपर्छ र सजाय दिएर मात्र यो
समाधानको विषय होईन जस्ले गर्दा सबैले आ–आफ्नो ठाँउवाट अभिभावकहरुलाई
जनचेनता फैलाउना जरुरी देखिएको  सुझाव दिनु भयो  ।
त्यसैगरि प्रमुख अतिथिले बाल विबाह हुनका कारणहरु, बढदो बाल विबाह दर,
यसलाई कसरी रोक्न सकिन्छ र बाल विबाह रोकथामका लागी बर्दिया जिल्ला अदालत
बार एशोशिएसनको भुमिका बारे जिज्ञाशा राख्नुभएको थियो । अन्त्यमा बार
एशोशिएशनका अध्यक्ष देवकोटाले बाल विवाह न्यूनिकरणका लागी ठाँउ ठाँउमा
सड्क नाटक संचालन गर्न सकेको अवस्थामा बढी जनचेतना हुने र ब्यवहारमा
प्रभावकारी लागु हुने बताउदै कार्यक्रम समापन गनुभएको थियो । उक्त
अन्र्तक्रिया कार्यक्रममा गुलरिया नगरपालिका, बाल संरक्षण समिति,
नगरपालिका स्तरिय गैर सरकारी संस्था, महिला तथा बाल बालिका कार्यालय,
जिल्ला प्रहरी, जिल्ला सरकारी वकिलको कार्यालय, बर्दिया, वकिल र
पत्रकारको सहभागितामा कार्यक्रम संचालन भएको थियो ।
बालिका संरक्षण परियोजनाका परियोजना संयोजक शेषकान्त शर्माले बाल बिबाह
लाई एकै पटक निमुर्ल पार्न नसके पनि सबै जना एकजुट भई आ आफ्ना् क्षेत्र
बाट बहिस्कार गर्यो भने र बाल बिबाह बिरुद्धको कानुनी ब्यबस्थाको जानकारी
सवै समुदायमा दिई सवैले आफनो ठाउँबाट समुन्नत र समृद्ध समाज निमार्णको

लागी बाल बिबाह लाई बहिस्कार गर्नुपर्ने कुरा लाई जोड दिनुभएको थियो ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/