नागरिक समाज संस्था पनि पारदर्शिता हुनु पर्नेमा जोड

सोम गुरुङ, नेपालगन्ज १३ पुस / नागरिक समाज संस्था पनि पारदर्शिता हुनु पर्ने एक कार्यक्रममा जोड दिएका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा सन्चालित पारस्परिक जवाफदेहिता परयोजना अन्तर्गत नेपालगन्जमा आयोजना गरेको संस्थागत क्षमता विश्लेषण अभिमुखीकरण कार्यक्रममा नागरिक समाजका सहभागीहरुले सामाजिक संस्था पनि पारदर्शी र जवाफदेही हुनु पर्ने बताएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ, कञ्चनपुरका क्षमता विकास अधिकृत पारस गिरीले संस्थागत क्षमता विश्लेषण बारे सहजीकरण गर्नु भएको थियो । सो अभिमुखीकरणमा नागरिक समाज सस्थाको परिचय तथा अवधारणा, सुशासन प्रवद्र्धनका लागि नागरिक समाजको भुमिका, नागरिक समाजका संस्थाहरुको आन्तरिक सुशासन प्रवद्र्धन वा सुधारको औचित्य वा आवश्यकता,संस्थागत विकासको परिचय, अवधारणा, मान्यता तथा औचित्य संस्थागत क्षमता लेखाजोखा औजार, नागरिक संस्थाले सस्थागत विकासमा गरेको उपलब्धि तथा सकारात्मक परिवर्तनहरु बारे प्रशिक्षण गरिएको थियो ।  
सो अभिमुखीकरणमा सहभागी भएका सक्सेस फोरमका बामदेव पोख्रेलले नागरिक समाज पनि  पारदर्शी भएर काम गर्नुु पर्नेमा जोड दिनुभयो ।  त्यसैगरि रुसुफ नेपालका सतिस पाठकले नागरिक समाज स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि आफना कार्यक्रम गर्नु पर्नेमा जोड दिए । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले नागरिक समाज संस्थाको क्षमता विकास गर्नको लागि यो अभिमुखीकरण राखिएको जानकारी दिए । 
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/