नेपालगन्जमा विविध साँस्कृतिक कार्यक्रम गरि तमु ल्होसार मनाईयो

सोम गुरुङ्ग, नेपालगन्ज १५ पुस / गुरुङ्गहरुको महान पर्व ल्होसार पर्वको अवशरमा बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाईएको छ । ल्होसारको उपल्क्षयमा सम्पुर्ण तमुहरु आआफना भेषभुषामा सजिएर गुम्बा परिसरमा जम्मा भई एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।  विषेश कार्यक्रमको स्वागत मन्तब्य तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेकाका कोषाध्यक्ष बिमला तमुले गर्नु भएको थियो भने तमु ल्होसारको  महत्व प्रकास माथि भिम गुरुङ्गले गरेका थिए । 
सो ल्होसारको विषेश कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शम्सेर राणाले गुरुङ्गहरुको भेषभुषा र भाषालाई संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । साथै उहाँले नेपालगन्जको गुुम्बामा बनेको बुद्धको मुर्तिको सहयोगार्थ आफनो एक महिनाको पारिश्रमिक बराबारको ५० हजार चेक हस्तान्तरण गर्नु भयो ।  सो विषेश कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, नेकपा प्रदेश नं.५को सदस्य तथा बाँके जिल्ला कार्यदल संयोजक अक्कल बहादुर बम, आपदवासी जनजाति महासंघका अध्यक्ष डम्बर बहादुर थापाले आ–आफना विचार तथा शुभकामना ब्यक्त गरेका थिए । सो तमु ल्होसारको बिषेश कार्यक्रमको अवशरमा गुरुङ्ग जातिको संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याएको भन्दै विभिन्न ब्यक्तित्वहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । सन्चारको क्षेत्रका रहेर योगदान पु¥याएको भन्दै सोम गुरुङ्गलाई सम्मान गरिएको थियो । 
सो विषेश कार्यक्रममा एकल नृत्य कार्यक्रमको आयोजना गरिएको थियो सो प्रतियोगितामा प्रथम स्वस्तिका गुरुङ्ग, दोस्रो दिक्षा गुरुङ्ग र तृतीय समिक्षा गुरुङ्ग भएका थिए । विजयी प्रतियोगीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।  त्यसैगरि कुर्सी दौड र घैटो फोरको विजयी प्रतियोगीलाई पुरुस्कार वितरण गरिएको थियो । 
मु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेका अध्यक्ष युग बहादुर गुरुङ्गले तमु ल्होसारको अवशरमा कोहलपुर र खजुुरा गाउँपालिको सिन्दुरेमा पनि कार्यक्रम गरि मनाएको जानकारी दिनुभयो ।
सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेका सचिव शोभा गुरुङ्गले जानकारी दिइन् । सो बिषेश कार्यक्रमको सन्चालन सुन्दर गुरुङ्ग र श्वेता गुरुङ्गले गरेका थिए ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/