जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्षलाई संघद्धारा स्वागत तथा सम्मान, महोत्सव सफल पार्ने प्रतिवद्धता

बाँके १४ माघ /  नेपाल जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष मो. याकुव अन्सारीलाई नेपालगन्ज उद्योग वाणिज्य संघ तथा प्रादेशिक महोत्सव–२०७५ कार्यान्वयन समितिले सोमबार स्वागत तथा सम्मान गरेको छ । संघको कार्यकक्षमा कार्यबाहक अध्यक्ष अब्दुल वाहिद मन्सुरीले खादा ओढाएर स्वागत गर्नुभयो ।
जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष अन्सारीलाई स्वागत तथा सम्मान गर्दै कार्यवहाक अध्यक्ष मन्सुरीले उद्योग, व्यवसायका क्षेत्रमा आगामी दिनमा निरन्तर सहकार्य हुने बताउनुभयो । साथै प्रादेशिक महोत्सवमा जडिबुटी व्यवसायी संघको सहयोगको अपेक्षा गर्नुभयो । जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष अन्सारीले महोत्सवमा पूर्णरुपमा सहयोग रहने प्रतिवद्धा व्यक्त गर्नुभयो ।
उक्त भेटघाट तथा सम्मान कार्यक्रममा कार्यवहाक अध्यक्ष मन्सुरी सहित द्धितीय उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी, पुर्व महासचिव एवं महोत्सव परामर्शदाता अशोक कर्माचार्य कार्यसमिति सदस्यहरु हरिशचन्द श्रेष्ठ, रोमनाथ न्यौपाने, रमेश बहादुर शाह लगायतको सहभागिता रहेको थियो ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/