सोम गुरुङ्ग, बढैयाताल(बर्दिया) ११ फागुन / बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.४ र ५ मा पर्ने बढैयाताल पश्चिम नेपालकै पर्यटन केन्द्रविन्दु बनाउन स्थानीय नागरिकहरु लागि परेका छन् । सो बढैयाताललाई पर्यटन प्रर्वद्धन,कला साँस्कृतिकको प्रचार प्रसारको लागि आज बढैयातालमा जनप्रतिनिधि सहितको टोली अवलोकनमा पुगेको छ ।
बढैयातालको संरक्षण र सम्बद्र्धनको लागि ६० लाख बढी लगानीमा त्यहाँको भौतिक संरचना र बाटोघाटोको विकास गरिएको छ । सो बढैयातालमा चैत्र पछि बोटिङ्ग पनि सन्चालन गरिने बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ बताउनुहुन्छ । साथै उहाँले छिट्टै नै सो ठाउँमा थारु सँस्कृतिक सङ्गग्रालय पनि खोलि थारु समुदायको सँस्कृतिक पहिचान र संरक्षण गरिने जानकारी दिनुुभयो ।
बढैयाताल एक पर्यटकीय क्षेत्र भएकोले यस ठाउँलाई आउने पर्यटकलाई सहज तरिकाले तालसम्म पुग्नको लागि भौलागौडी देखि तालसम्मको बाटो पिच गरिने योजना परेको वडानं. ४ का वडा अध्यक्ष कर्ण बहादुर थापाले जानकारी दिए साथै सोको लागि बढैयाताल गाउँपालिकाले ६ करोड रकम विनियोजन गरिएको छ । हाल नेपाल सरकारले भिजिट २०२० अभियान सन्चालन गरिरहेको छ । बढैयाताल पनि एक पर्यटकीय क्षेत्रमा सूचीकृत भएको छ । बढैयाताललाई पर्यटनको रुपमा विकास गर्नको लागि बढैयातालमा सुविधा सम्पन्न होटल सुनगाभा पनि सन्चालन हुन लागेको प्रोपाइटर प्रकास केसी बताउछन् ।
बढैयाताल गाउँपालिकामा रहेको बढैयाताल, सो क्षेत्रमा विभिन्न चराचुरङ्गीहरुको संरक्षण गर्नु पर्ने र थारु संस्कृति तथा कलामा टेवा पुग्ने गरि बढैयाताललाई स्थानीय तहमा रोजगारका वातावरण सृजना हुने साथै आन्तरिक तथा वाहय पर्यटकहरुलाई स्थानीय तहसम्म ल्याउनको लागि प्रचार प्रसार गर्नु पर्ने स्थानीय सन्चारकर्मी मिना थापाले जानकारी दिइन् ।
0 comments:
Post a Comment