प्रदेश युवा सम्मेलन आजदेखि धनगढीमा शुरु

            उद्यमशिलतामा जोड दिनु पर्नेमा जोडः सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी
सोम गुरुङ, धनगढी १ जेठ / उद्यमी युवा समृद्ध देश : दिगो विकास  लक्ष्यमा समान परिवेश भन्ने मुल नाराका साथ आजदेखि धनगढीमा प्रदेश युवा सम्मेलन २०१९ शुरु भएको छ । नेपाल युवा परिषदले पहिलो पटक  सुदुरपश्चिम प्रदेशमा यो सम्मेलन आयोजना गरेको छ । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेका छन् । 
उद्घाट्न गर्नुहुदै उहाँले राष्ट्रको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका हुुने हुदाँ युवाहरुलाई उद्यमशिलतामा जोड दिनु पर्ने बताउनुभयो । सोही अवशरमा सुुदुरपश्चिमको पर्यटन प्रचारप्रसारको लागि नेपाल युवा परिषदले निर्माण गरेको भिजिटसुदुरपश्चिमडटकमको अफिसियल वेभसाईट औपचारिक रुपमा उद्घाटन गरेका थिए ।  
बिशेष अतिथी रहनुभएका धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले  युवा परिवर्तनका संवाहक हुन, युवाले विश्वकै मुहार फेर्ने अठोटका साथ लक्ष्य निर्धारण गरी अगाडी बढ्नु पर्छ र सुदुरपश्चिम प्रदेश विभिन्न सम्भावना र अवसरले भरिएको प्रदेश भएकोले हरेक युवाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए ।
नेपाल युवा परिषद सुदुरपश्चिम प्रदेशका बशन्ती सापकोटाका सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको विशेष अतिथीको रुपमा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओड रहनुभएको थियो अतिथिहरुमा बानिगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँद, कोकाकाला नेपालका इरिना कार्की गुरुङ, अक्सफाम ट्रोसा परियोजना संयोजक समीरा शाक्य लगायतको विशेष उपस्थिती रहेको थियो ।  

दुई दिन सम्म चल्ने आवासीय सम्मेलनमा सहभागि युवाहरुलाई पर्यटन, सुचना प्रबिधि लगायत दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, भिजिट नेपाल २०२०, युवा उधमशिलता, नेतृत्व विकास, युथ मोटिभेसन लगायतको विषयमा प्रशिक्षण दिईने र सुदुरपश्चिम प्रदेशका युवाहरुले प्रदेश विकासका लागि कार्ययोजना बनाई प्रदेश सरकारको प्रमुखलार्ई बुझाउने कार्यक्रम रहेको आयोजक संस्थाका संस्थापक अध्यक्ष सरोज बानियाले बताए । सम्मेलनको पहिलो दिन उद्यमशिलताको विषयमा प्यानल छलफल गरिएको थियो । 
सो छलफलमा कैलाली उद्योग बाणिजय संघका उपाध्यक्ष पुस्कर ओझा,  सामाजिक विकास मन्त्रालय युवा तथा खेलकूद महाशाखाका प्रमुख पदमराज जोशी, महिला उद्यमी रुकमणी देवकोटा र पर्यटन ब्यवसायी योगेन्द्र बम सहभागी रहेका थिए । साथै युएनडिपी, धनगढीका प्रमुख बैजन्ती गिरी सिहले दिगो विकासका लक्ष्यहरुको बारे जानकारी गराउनुभएको थियो त्यसैगरि  अक्सफाम ट्रोसा परियोजना संयोजक समीरा शाक्यले पानी सुशासनमा युवाको भुमिका बारे जानकारी गराउनुभएको थियो । उहाँले पानी सुशासनको बारे जानकारी गराई परियोजना मात्रमा सिमित नरही आफै शसक्त भई महाकाली नदी तटीय समुदायको हक अधिकारको लागि एकजुट भई लाग्नु पर्नेमा जोड दिनुभयो । 
नेपाल युवा परिषदका केन्द्रिय सदस्य किशोर न्यौपानैले जलवायु परिवर्तन बारे प्रशिक्षण गरेका थिए । सुदुरपश्चिम प्रदेशका  ९ वटै जिल्लाको विभिन्न समुदायको प्रनिधित्व हुने गरी २०० बढी युवाहरुको सहभागिता रहेको छ । राधिका भट्टले संचालन गर्नु भएको उदघाटनका सत्रको कार्यक्रममा स्वागत मन्तव्य परिषदको केन्द्रिय सदस्य भिम बहादुर साउँदले राख्नु भएको थियो । 

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/