किशोरी क्लबका सदस्यलाई मनोसामाजिक तथा यौन तथा प्रजनन् स्वास्थ्य तालिम प्रदान

नेपालगन्ज ३ कार्तिक / बाल विवाह रोक्न सक्रिय रहेका बाँकेका किशोरी क्लबका सदस्यहरुलाई मनोसामाजिक तथा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि पाँच दिने आधारभूत तालिम सन्चालन गरिएको छ ।
प्लान इन्टरनेशलन नेपाल फिल्ड अफिस नेपालगन्जको सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा सो तालिम सुरु गरिएको हो ।
तालिमको आज भएको उदघाट्न  सत्रमा बोल्नु हुदै प्लान इन्टरनेशलन नेपाल फिल्ड अफिस नेपालगन्जका संरक्षण संयोजक आशा बुढाले यस तालिमबाट सिकेका ज्ञान र सीपलाई आफनो बाल विवाह रोकथाम अभ्यासमा लगाउन अनुरोध गरिन् । त्यसै गरि प्लान इन्टरनेशलन नेपाल फिल्ड अफिस नेपालगन्जका एरिया म्यानेजर मिना पराजुलीले आफनो जिबनको उद्धेश्य बनाई सोही अनुरुप आफना जिवनको गोरेटो तय गर्नु पर्नेमा जोड दिनुभयो । तालिममा बाँके जिल्लाका आठ वटै स्थानीय तहबाट सहभागी भएका छन् ।
सो स्थानीय तहमा गठन भएको समावेशी किशोरी क्लव राप्ती सोनारी ७, सचेतना किशोरी क्लव कोहलपुर १२ र १३, सिर्जनाशील किशोरी क्वल नरैनापुर ६, उज्जवल किशोरी जानकी ४, लगनशील किशोरी क्लव खजुरा ३ र एकता किशोरी क्लव बैजनाथ १ का  बाल क्लवका गरि २७ जना किशोर/किशोरीहरुको सहभागिता रहेको छ । सो तालिमको सहजीकरण अब्बल महिला उद्यमी, काठामाण्डौंका तालिम निर्देशक निर्जला भट्टराईले गर्नुभएको छ ।
सो ५ दिने तालिममा मनोसामाजिकको परिचय, मनोसामाजिक समस्या, पहिचान, किशोरावस्थामा देखिन सक्ने मनोसामाजिक समस्या, मनोसामाजिक सहयोगीकर्तामा हुनु पर्ने गुणहरु, सन्चार सीपहरु,मनौबैज्ञानिक प्राथमिक उपचार बारे पनि प्रशिक्षण गरिने स्याक नेपालका कार्यक्रम संयोजक जगदिश थापाले जानकारी दिए ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/