लैङ्गिक हिंसा लिङ्गका आधारमा हुने हिंसा विश्वमा धेरै समाजमा प्राचिनकालदेखि नै समस्याको रुपमा देखिदै आएको छ । लिङ्गका आधारमा हुने हिंसा भन्ने बितिकै महिला हिंसा भन्ने बुझने प्रचलन सामान्य जनजीवनमा भए पनि महिला वा पुरुष वा तेश्रो लिङ्गी भएकाृ आधारमा पेशा, अध्धयन, कार्यस्थल परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कुटपिट गर्नु यौनजन्य दुराचार, डरत्रासm धम्की दिनु, पारिश्रमिक नदिनु वा कम दिनु, अश्लील शब्द बोल्नु, अश्लील फोटो देखाउनु आदि सबै लैङ्गिक हिंसा हो । हाम्रो लगायत विश्वको धेरै समाजहरुमा पुरुष भन्दा महिलाहरु विभिन्न प्रकारका हिंसाबाट बढी पिडित भएका कारण लैङ्गिकताको आधारमा हुने हिंसामा महिला माथि हुने हिंसा बारेको प्रकाश पार्नु आवश्यक देखिन्छ ।
महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभे, शारीरिक तथा मानसिक रुपबाट दिईने पीडा, प्रतिबन्ध गायत जुनु्सुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पु¥याउने सबै किसिमको आघातलाई महिला हिंसाका रुपमा बुझनु पर्छ । समाजमा महिला हिंसाको स्थिती कायम रहन विभिन्न तत्वले भुमिका निवार्ह गरिरहेका हुन्छन् ।
नेपालको सन्र्दभमा कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगटेका महिलाहरु अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको शिकार भैईरहेका छन् । परम्परागत धार्मिक तथा साँस्कृतिक मान्यताले महिलालाई असमान त बनाएकै छ । देशमा धेरै ठुला राजनीतिक परिवर्तन भएका छन् । तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पु¥याउन आफना तर्फबाट भुमिका निर्वाह गर्ने नेपाली महिलाहरुको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन। समाजमा ब्याप्त पितृ सत्तात्मक सोच, अन्धविश्वास पुरातन संस्कार एवं परम्परा, विभेदपुर्ण कानुन, लैङ्गिक असमानता, आर्थिक पर निर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यसनता जस्ता विषय नै महिला माथि हिंसा हुनुका प्रमुख कारणका रुपमा देखिएका छन् । पितृ सत्तात्मक नेपाली समाजमा महिलालाई दोश्रो दर्जाको नागरिकका रुपमा गरिने ब्यवहार अहिले पनि जारी छ । महिला र पुरुष बिच विद्यामान यही सामाजिक विभेदका कारण पनि महिला माथि हिंसा भैईरहेको छ । महिलामाथि हत्या, बलात्कार, यौन दुरब्यवहार, अपहरण, बेचविखन, कुटपिट, आगो लगाउने, बिष खुवाउने, एसिड आक्रमण गरेर कुरुप बनाउने , दैनिक घर यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट बञ्चित गर्ने– गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र ब्यवहार गरिने आदि घटना भैईरहेका छन् । त्यस्ता सबै ब्यवहार गरिने आदि घटना भैईरहेका छन् । त्यस्ता सबै कार्यलाई महिला विरुद्धको हिंसा मानिएको छ ।
नेपालमा लैङ्गिक हिंसाको अवस्था
नेपालमा लैङ्गिक आधारमा महिला माथि अन्याय परापूर्वकाल देखि नै हुदै आएको पाईन्छ । हाम्रो धर्म संस्कृति रितिरिवाज सामाजिक विधि ब्यवहारमा पनि महिलाहरुलाई पछाडि नै पारेको देखिन्छ । पितृ सत्तात्मक सोचका कारण घरपरिवार अधिकारवाट नै महिला भन्न साथ नकारात्मक दृष्टिकोणले हेर्ने चलन छदै छ । आर्थिक पँहुचमा शिक्षा, रोजगार र चेतनामा पछि परेको कारण महिलाहरु हेपिदै आएका छन् ।
आज देशमा आएको परिवर्तन संचार जगतको बढ्दो विकास, विश्वव्यापीकरण कानुनी संरक्षणका प्रयासहरु भएको देखिएता पनि महिलाहरुप्रति गरिने ब्यवहार र सोचमा परिवर्तन आएको देखिदैन । चाहे अधिकारकर्मी होस् वा राजनैतिक कार्यकर्ता जुनसुकै ठाउँमा रहेतापनि महिलाहरु कुनै न कुनै हिंसा खप्न बाध्य बनिरहेका छन् । जबसम्म महिलाहरुलाई हेर्ने दृष्टिकोण र उनीहरुलाई गरिने ब्यवहारमा सकारात्मक परिवर्तन आउँदैन तबसम्म यस्ता घटनाहरुबाट महिलाहरु पीडित भई नै रहेका हुनेछन् । हाल भईरहेका हिंसामा प्रमुख स्थान घरेलु हिंसाले लिएको छ । ब्यसपछि महिलाहरु यौनजन्य हिंसामा परेको पाईन्छ । हिंसाको सन्दर्भमा गरिएका सर्वेक्षणको आधारमा महिलाहरु आफनै श्रीमानबाट ८० प्रतिशत र अन्य परिवारका सदस्य एवं ब्यक्तिहरुबाट करिब २० प्रतिशत पीडित भएका छन् । समग्रमा नेपालमा प्रजनन उमेरका ४ जनामा १ जना महिला कुनै न कुनै हिंसामा परेको तथ्याकंहरुमा उल्लेख गरिएका छन् । अझ बाहिर नआएको रमानसिक हिंसाबाट पीडतको सख्या यस भन्दा बढी भनी सजिलै अनुमान गर्न सकिन्छ ।
लैङ्गिक हिंसाका कारणहरुः
लैङ्गिक हिंसा बढ्दै जानुको मुख्य कारण अराजक स्थिति शिक्षाको चेतनाको अभाव, कमजोर सरकारीतन्त्र मदिराजन्य पदार्थको खुल्ला बिक्री वितरण र प्रयोग विज्ञापन सर्कस आदिमा महिलाहरुको अर्धनग्न प्रर्दशन, विभिन्न संचारका माध्यमहरु युटयुव, गीत, सामाजिक सन्जालहरुमा आएका विकृतिहरु, पारिवारिक वेमेल, बहुविवाह, बाल विवाह, अन्तरजातिय विवाहका कारण विचार भावना संस्कृतिमा मिलन न हुनु र रुप सौन्र्दय र धनसम्पत्तिको प्रलोभनमा परेर पनि हिंसाका घटनाहरु बढी रहेका छन ।
नेपाली समाजमा पुरुषहरु सधै उच्च स्थानमा रहने र महिलाहरुको परिश्रम कामको सम्बेदनशिलता र प्रजनन स्वास्थ्यका उत्पादनमुलक भुमिका स्वीकार गर्न नसक्दा महिला यौन चाहाना पुरा गराउने घरको कामना सहयोग गर्ने निशुल्क सहयोगीको रुपमा हेर्ने परम्परा कायम नै छ । विभिन्न प्रकारका पीडा सहन नसकी कानुनी बाटो रोज्दा पनि उचित समयमा उचित न्याय प्राप्त गर्न नसक्दा अर्को पीडा हुने र अपराधी अपराध गर्न नसक्दा अर्को पीडा हुने र अपराधी अपराध गर्न झन उत्साहित हुने गरेको छ ।
लैङ्गिक हिंसा न्यूनीकरणका उपायहरुः
कुनै पनि हिंसात्मक क्रियाकलापले परिवार समाज र विकासमा प्रत्यक्ष असर पार्ने भएकोले हिंसा अन्त्यका लागि हामी सबै एकजुट हुुनु आवश्यक छ । नेपाली समाजमा ब्याप्त पुरुष महिलाहरुको श्रम, विनयशिलता, शहनशिलताm लगनशिल मेहनती गुणको कदर गरिनु पर्दछ । महिलाहरुलाई शिक्षा चेतना दिनुको साथै विद्यालय स्तरदेखि नै महिलामैत्री पाठ्यक्रम निर्मांण गरिनु पर्दछ । देशमा कानुन बनाएर मात्रै हुदैन, कार्यान्वयन पक्ष बलियो हुुनु पर्दछ । कानुन सबैका लागि समान र भनसुन र पैसामा बिक्ने हुनु हुदैन ।
निष्कार्षः लैङ्गिक हिंसा र अपमान गर्ने, यौन दुराचार गर्नेहरुलाई कडा भन्दा कडा सजायको ब्यवस्था गरिनु पर्दछ । यसमा सम्पुर्ण ब्यक्ति, समाज तथा सरोकारवाला निकायले उचित ध्यान दिएमा लैङ्गिक हिंसा अन्त्य गर्न सकिन्छ र समतामूलक समाजको निर्माण गर्न सकिन्छ ।
- मुकुन्द शर्मा
विद्यालयको नामः श्री योगिनी मावि
कक्षा : ९
खजुरा गाउँपालिका वडा नं.२, गौघाट, बाँके

0 comments:
Post a Comment