प्रविधिको सुरक्षित प्रयोग सम्बन्धि भर्चुअल तालिम सम्पन्न


बाँके । खजुराका किशोरीहरु ईन्टरनेटको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । किशोरीहरुका लागि लकडाउनको समयमा प्रविधिको सुरक्षित प्रयोग र बालविवाह विरुद्ध लेख प्रकाशन सम्बन्धि एक दिने भर्चुअल तालिम सो कुरा बताएका हुन् । 

सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) बाँकेले प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालविवाह रोकथाम परियोजना अन्तर्गत भर्चुअल अनलाईन मार्फत सो तालिम सन्चालन गरेको हो । 


सो तालिममा ईन्टरनेटमा कसरी सुरक्षित रहने र बालविवाह विरुद्धको अभियान कसरी पत्रपत्रिका प्रकाशन गर्ने, आफना  विचारहरु अनलाईन, ब्लग, सामाजिक सन्जालमा कसरी राख्ने भन्ने बारे पत्रकार सोम गुरुङ्गले सहजीकरण गर्नुभएको थियो । तालिम पश्चात सहभागी खजुरा गाउँपालिका किशोरीहरुले आफु  सुरक्षित भएर ईन्टरनेट चलाउने प्रतिबद्धता जनाएका छन् । सो तालिममा सहभागी किशोरी चतेना खत्रीले समाजमा ईन्टरनेटको दुरुपयोगले गर्दा अहिले  किशोर किशोरीहरु आफनो पढाई प्रति ध्यान नदिएको बताईन् । त्यसै अर्का सहभागी मन्जु थापा मगरले लकडाउनको समयमा सामाजिक सन्जालको बढी प्रयोगले गर्दा आँखामा नराम्रो प्रभाव परेको बताईा्  । 


सो तालिममा खजुरा गाउँपालिकाका विभिन्न वडामा गठन भएका किशोरी क्लबका दुई दर्जन किशोरीहरुको सहभागिता रहेको थियो । कोभिड–१९ संक्रमणको महामारीका कारण संस्थाले भौतिक रुपमा गर्न नसक्ने भएपछि अनलाईनको माध्यमले तालिम गरिएको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताउनुभयो । संस्थाका परियोजना प्रबन्धक जगदिश थापाले तालिमको विषयबस्तु तथा उद्धेश्य बारे जानकारी गराउनुभएको थियो भने फिल्ड सुपरभाईजर कल्पना आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।


SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/