खजुरा गाउपालिकाको वडा न ४ मा युवा महिला समूहलाई सामाग्री वितरण

खजुरा ८ असार / युवा महिला रोजगारी तथा समन्वय केन्द्रको स्थापना युवा महिला रोजगारी सुचना तथा समन्वय केन्द्र स्थापनार्थ राइजिङ आइडल बाकेले प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको सहयोगमा खजुरा गाउपालिकाको वडा न ४ मा रहेको युवा महिला समूहलाई सामाग्री वितरण गरीएको छ । बालबालिका किशोरी तथा युवा महिला क्षमता अभिबृद्धि परियोजना अन्तगर्तको राइजिङ आइडल बाँकेले बाँकेको खजुरा गाउँ पलिका वडा नं.४ को वडा कार्यालयमा हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको सामग्रीहरु सहयोग गरी वडा कार्यालयमा केन्द्रको स्थापना गरिएको छ । खजुरा गाउपालिका वडा ४ का अध्यक्ष तिलक बिर सुनारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक रहनु भएको थियो । कार्यक्रममा उप प्रमुख एकमाया विकले केन्द्रको स्थापना भएको युवा महिलाहरुको क्षमता विकास तथा रोजगारीको खोजीको लागि एउटा समन्वय केन्द्र विकास भएकोमा धन्यवाद दिदै यसको निरन्तरता तथा दिगोपनाको लागि गाउँपलिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा गाउँपलिका उपप्रमुख एकमाया विक, वडा अध्यक्ष तिलक बिर सुनार, प्लान इन्टरनेशनल नेपाल बाँकेकी स्पोनसर सीप कार्यक्रम मेनेजर स्नेहलता श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले युवा महिला समूहका अध्यक्ष सबिता ज्ञवालीलाई संयुक्त रुपमा सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । सोही अवसरमा प्लान इन्टरनेशनल नेपालकी स्नेह लता श्रेष्ठले ग्रामिण समुदायका युवा महिलाहरुको विकासका लागि केन्द्रको स्थापना गरिएको हुँदा यसको प्रभावकारी प्रयोग गरी सरकारी सेवा तथा अन्य क्षेत्रमा रोजगारीको वातावरणका लागि युवाहरुलाई केन्द्रबाट फाइदा लिन आग्रह गर्नु भएको छ ।
राइजिङ आइडलका संस्थापक अध्यक्ष आशिष बर्माले युवाहरुलाई प्रोत्सानका लागि आफुहरुले केही कार्य गर्न पाएको अति नै खुशी भएको बताए । संस्थापक अध्यक्ष बर्माले भने, युवाहरुलाई प्रोत्साहनका लागि सबैले केही गर्नु पर्दछ जसले गर्दा युवाहरुको जोस जागरलाई अझ उर्जा दिन सकियोस,”। कार्यक्रममा कम्युटर एक थान, प्रिन्टर एक थान ,साउण्ड बक्स एक थान, बस्नका लागि कुसन तथा खेलकुदका विभिन्न सामाग्रीहरु, लोकसेवा तयारीका लागि आवश्यक किताबहरु, दराज वितरण गरीएको छ र वडा कार्यालयमा इन्टरनेट सेवाको पनि जडान गरिएको छ । युवा महिला रोजगारी सुचना तथा समन्वय केन्द्रका सविता ज्ञवालीले स्वागत मन्तव्य दिएकी थिइन भने कार्यक्रमको सहजीकरण राइजिङ आइडलका कार्यक्रम अधिकृत विष्णु अधिकारीले गरेका थिए । सो कार्यक्रममा संस्थाका संस्थापक उपाध्यक्ष रामरुप कौशल, जिल्ला युवा क्लब संजाल बाँकेका सचिव राजन बर्मा लगायतको उपस्थिती रहेको थियो ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/