सामाजिक जवाफदेहिताका औजार सम्बन्धि तालिम शुरु

काठमाण्डौं / पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र एफएचआई ३६०को सहयोग र नेपानको आयोजनामा  काठमाण्डौंमा ४ दिने सामाजिक जवाफदेहिताका औजार सम्बन्धि तालिम शुुरु भएको छ । सो तालिममा ३४ जिल्लामा कार्यरत १४ नागरिक समाज संस्थाका कार्यक्रम ब्यवस्थापक र कार्यक्रम संयोजक र कार्यक्रम अधिकृत सहभागी भएका छन् । सो सामाजिक जवाफदेहिताका औजार सम्बन्धि तालिमको पहिलो दिनको सहजीकरण एफएचआई ३६०का सुुशासन सल्लाहकार प्रणव भट्टराईले सामाजिक जवाफदेहिताका औजारको प्रयोग नेपालका लागि के कस्तो सान्र्दभिकता छ ?, सीमाहरु के के छन् ? र चुुनौतीहरु के के छन् भन्ने प्रष्ट पार्नु भएको थियो । त्यसै गरि एफएचआई ३६०का  नीति कानुनी सल्लाहकार टकं अर्यालले  सूचनाको हक बारे प्रशिक्षण गर्नुु भएको  थियो ।
सो तालिम राख्नुुका बारेमा एफएचआई ३६०का सुशासन सल्लाहकार प्रणव भट्टराईले जानकारी गराउनु भएको थियो । सो तालिममा सामाजिक जवाफदेहिताका औजारहरु, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सूचनाको हक, सामाजिक परिक्षण, सार्वजनिक परिक्षण, पेट्स, र समुदाय अंक पत्रको बारे प्रशिक्षण हुने नेपालका दिवेश सायमीले जानकारी दिए । प्रशिक्षकहरुमा प्रणव भट्टराई, केदार खड्का, डा.भोला दाहाल, रत्ना तुलाधर, बिनोद उपाध्याय र गोविन्द पौडेल रहनु भएको नेपानका गोविन्द पौडेलले जानकारी दिनु भयो । सो तालिममा सुशासन, जवाफदेहिता र पारदर्शिताको बारेमा आ–आफनो संस्था र ब्यक्तिले गरेका राम्रा अनुभव,सिकाई र चुनौतीको बारे पनि खुला छलफल गरिएको थियो ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/