जिल्ला प्रशासनलाई सर्पदंश उपचार केन्द्रको माग राख्दै ज्ञापन पत्र

सोम गुरुङ्ग,बाँके २६ असार / नेपालगन्जमा रहेर मानवअधिकार तथा कानुुनको क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिले आज जिल्ला प्रशासन  कार्यालय बाँकेका प्रमुख  जिल्ला अधिकारी रमेश कुमार केसीलाई  बाँकेको राप्ती पारी सर्पदंश उपचार केन्द्रको माग राख्दै  ज्ञापन पत्र बुझाएका छन् ।
सो ज्ञापन पत्रमा हाल बाँके जिल्लामा सर्पको टोकाईले गर्दा अनाहकमा मानिसको मृत्यु हुनु परेको र राप्ती पारी नरैनापुुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाबाट सर्पको टोकाईबाट घाइते भएका विरामीलाई उपचार गर्न नेपालगन्ज ल्याउदै गर्दा बिच बाटौमै ज्यान सक्ने सम्भावना रहकोमा तत्काल सम्बोधन गरी दुबै गाउँपालिकामा कम्तीमा एक÷एक सर्पदंश उपचार केन्द्रको स्थापना हुनु पर्ने माग गरिएको छ । साथै आम नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चिित गर्न गराउन ज्ञापन पत्र बुझाएको छ ।  ज्ञापन पत्र बुझाउनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता राम कुमार दिक्षित, अधिवक्ता विजय कुमार शर्मा, अधिवक्ता राम कुमार राढ र सूचना अभियान्ता अरुण कुमार तिवारी समेतको उपस्थिती रहेको थियो । सो ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी केसीले तत्काल यो समस्यालाई समाधान गर्न नेपाल सरकार, स्थानीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता ब्यक्त गर्न भएको छ ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/