असार २२ बाँके / नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ निवासी सूचना अभियन्ता शैलेन्द्र कुमार वैश्य, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले नेपालगन्ज उपमहानगरपालिका कार्यालयसँग नेपालगन्ज उपमहानगरपालिकाले २०७२ देखि हाल सम्म उठाउँदै गरेको करको मापदण्ड र कर निर्धारण बारे सम्पूर्ण कागजातको सूचना माग गर्नु भएको छ ।
सो सूचना मागमा नेपालगन्ज उपमहानगरपालिकाले गरेको कर निर्धारण सम्बन्धि सम्पूर्ण जानकारी र निर्णय समेत सूचना माग गरिएको सूचना अभियान्ता शैलेन्द्र कुुमार वैश्यले जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद कुमार पौडेलले सूचना मागेकोमा सूचनाको हक सम्बन्धि ऐनमा रहेर तुरुन्त सूचना उपल्ब्ध गराउने जानकारी दिनुभयो ।

0 comments:
Post a Comment