समुदायका महिलाहरुलाई सेनेटरी प्याड सम्बन्धि तालिम

नेपालगंज  पुरैनी /नेपालगंज उपमहानगरपालिका वडा नं.२२ वडा समितीको कार्यालयले स्थानीय ४० जना महिलाहरुको लागि सेनेटरी प्याड बनाउने सम्बन्धि तालिम सम्पन्न गरेको छ ।
 महिलाहरुलाई महिनावरीको समयमा प्रयोग हुने प्याडलाई घरमा बनाई प्रयोग गर्ने तथा स्वास्थयको सरसफाईमा सहयोग पु¥याउने उद्देश्यले वडा कार्यालयले मधेशी, मुस्लिम तथा पिछडा वर्गका महिलाहरुको लागि ५ दिने तालिमको संचालन भएको हो । 
आर्थिक गरिबीको कारण बजारमा उपलब्ध प्याड प्रयोग गर्ननसिकरहेका स्थानीय महिलाहरुलाई तालिम मार्फत घरमा सहज तरिकाले सेनेटरी प्याड निर्माण गरी प्रयोग गर्न सकिने भएको हुँदा तालिमको आयोजना गरिएको वडा अध्यक्ष बिद्याराम बर्माले जानकारी दिनु भएको छ । तालिमका सहभागिहरुलाई प्याड बनाउनका लागि आवश्यक पर्ने  सामग्रीहरु कैची, इन्चीटेप, टेलर चक, स्केल, कपडा लगायतको सामग्रीहरु तालिममा प्रदान गरिएको छ । तालिममको सहजिकरण प्रशिक्षकहरु कृष्ण बर्मा र रिता विकले गर्नु भएको हो ।


SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/