नेपालगंज ३ असोज / नेपालगन्ज उच्च अदालत बार एसोसियसन नेपालगन्जको भाद्र १६ गते भएको निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज प्रमाण पत्र वितरण तथा पदभार हस्तान्तरण गरिएको छ । सो कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् माननीय न्यायाधीश विष्णुदेव पौडेलले एक औपचारिक कार्यक्रमको विच निर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाण पत्र वितरण तथा पदभार हस्तान्तरण गराउनु भएको थियो ।
१३ सदस्यीय नव निर्वाचित पदाधिकारीमा अध्यक्ष विकास आचार्य,उपाध्यक्ष राम गोपाल कुर्मी, सचिव चित्र बहादुर शाही, कोषाध्यक्ष सुदिप कुमार भट्टराई, महिला सदस्य कुसुमा सुवेदी,सदस्यहरु सतिष कुमार अधिकारी, सुर्जलाल थारु, बसन्त कुमार श्रेष्ठ, राकेश सोनी, पूर्ण प्रसाद ढकाल, प्रभात रञ्जन पोखरेल र राजेन्द्र कुमार विश्वकर्मा रहेका छन् ।
नेपालगन्ज उच्च अदालत बार एसोसियसन नेपालगन्जकाको आयोजनामा भएको सो प्रमाण पत्र वितरण तथा पदभार हस्तान्तरण कार्यक्रममा पदभार हस्तान्तरण गराउनु हुदै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् माननीय न्यायाधीश विष्णुदेव पौडेलले न्यायको लागि सदैव निष्पक्ष र निस्वार्थ भई कार्य गर्नु पर्ने बताउनुभयो । साथै उहाँले नेपाल वार र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास संगसंगै मिलेर काम गर्ने पनि जानकारी गराउनुभयो । त्यसै गरि नेपाल बार एसोसिएशनका केन्द्रिय उपाध्यक्ष सालिकराम सापकोटाले न्याय प्रणालीलाई चुरुस्त दुरुस्त बनाई न्यायालयको मानप्रतिष्ठालाई जोगाउनु पर्ने जिम्मेवारी आएको बताउनुभयो ।
नव निर्वाचित पदाधिकारीलाई शुुभकामना ब्यक्त गर्नेहरुमा जिल्ला अदालतका माननीय न्यायाधीश विष्णु सुवेदी, प्रमुुख निर्वाचन अधिकृत अधिवक्ता लक्ष्मण प्रसाद पराजुली, बरिष्ठ अधिवक्ता ईन्द्रजित तिवारी, अधिवक्ता सुनिल श्रेष्ठ, लोक बहादुर शाह रहनु भएको थियो ।
नेपालगन्ज उच्च अदालत बार एसोसियसन नेपालगन्जका निर्वतमान अध्यक्ष बल बहादुर चन्दले आफुले आफनो कार्यकालमा नेपालगन्जमा नेपाल वारको केन्द्रिय सम्मेलन गरि ऐतिहासिक कार्य गरेको र नेपालगन्जको वारको गौरव बढाएको बताउनुभयो । सोही कार्यक्रममा वर्तमान अध्यक्ष विकास आर्चायले आफुले यस गरिमामय संस्थालाई वरिष्ठ अधिवक्ता, अधिवक्ता र कानुन ब्यवसायीहरुसंग सहकार्य र समन्वय गरि अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

0 comments:
Post a Comment