नेपालगन्ज ५ असोज / शान्तिको अधिकार मुल नाराको साथ विश्व शान्ति दिवसको अवसरमा आज नेपालगञ्जमा दीप प्रज्वलन गरि मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपाल युवा परिषद, बाँके शाखा र मानव र वातावरणको संयुक्त आयोजनामा नेपालगञ्जको त्रिभुवन चौकमा गरिएको दीप प्रज्वलन कार्यक्रममा जिल्लास्थित मानवअधिकारकर्मी, प्रहरी प्रशासनका प्रमुख र नागरिक समाजका अगुवाहरु, पत्रकार र शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यसै गरि मानव अधिकार तथा शान्ति समाजले पनि दीप प्रज्वलन गरि विश्व शान्ति दिवस मनाएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले शान्ति सन्देश फैलाउन दीप प्रज्वलन गरिएको बताउनुभयो । त्यसै गरि मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्णा पाण्डेले नेपालगन्ज सद्भावको शहर भएकोले शान्ति दिवसमा शान्तिको सन्देश दिनको लागि दिवस मनाइएको जानकारी दिनुभयो ।
नेपालगञ्ज शहर एक विविध भाषा भाषी र विभिन्न धर्मावलीको शहर भएकोले सामाजिक सद्भाव र आपसी एकता कायम राख्ने उद्धेश्यका साथ दीप प्रज्वलन कार्यक्रम गरिएको मानव र वातावरणका अध्यक्ष लक्ष्मी तिवारीले बताउनुभयो । नेपाल युवा परिषद, बाँके शाखाका अध्यक्ष सोम गुरुङले शान्तिको वातावरण कायम गर्न र सदैव भातृत्व विकास गर्नको लागि दीप प्रज्वलन कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

0 comments:
Post a Comment