छाडा पशु तथा नीजि चौपाया संरक्षणको लागि रिट दायर

सोम गुरुङ,बाँके २१ असोज / नागरिकहरुको सम्मान पुर्वक बाच्न पाउँने हक अधिकारको संरक्षण एवं संबद्र्धनका लागि संवैधानिक एवं कानून प्रदत्त हक अधिकारको संरक्षण र सविधान र कानुनमा भएको व्यवस्था अनुसार राष्ट्रिय जनावर गाईको उचित सरंक्षण सम्र्वधन गर्नु गराउनु र सो सम्वन्धी आवश्यक सचेतना जगाउनु साथै छाडा पशु चौपाया समेतको सरंक्षण सम्वर्धन समेत राख्नु नागरिकहरुको ज्यान आत्मसम्मानको सरंक्षण सम्वर्धन गर्नको लागि २०७५ असोज २१ गते  उच्च अदलत तुल्सीपुर इजलाश नेपालगजंमा सार्वजनिक सरोकारको रिट दायर परेको छ ।  सो रिटमा २२ गते बहस हुने भएको छ ।  सो सार्वजनिक सरोकारको रिट निवेदन दिनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सदस्य नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का लक्ष्मी तिवारी, नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका कोषाध्यक्ष नेपालगन्ज उप–महानगरपालिका वडा नं. २ बस्ने सुदीप कुमार भटराइ रहेका छन् । 
विपक्षीहरुमा नेपालगजं उप–महानगरपालिका ,कोहलपुर नगरपालिका,जानकी गाउपालिका बैजनाथ गाउपालिका, राप्ती सोनारी गाउपालिका खजुरा गाउपालिका,डडुवा गाउपालिका,नरैनापुर गाउपालिका जिल्ला प्रशासन कार्यालय बाके नेपालगजं बाके राष्ट्रिय निकुन्ज रहेका छन् ।
      हाल स्थानीय सरकारको समेतको गठन भईसकेको हुदाँ स्थानीय सरकारले विपक्षीहरुले गाई राष्ट्रिय जनावर हो सोलाई सरंक्षण सम्र्वधन तथा छाडा पशु पक्षी लाई नियन्त्रण गर्नु पर्ने हो भन्ने कुरा थाहा हुदा हुदै पनि विपक्षीहरु आफ्नो  पदिय र कानूनी दायित्व जवाफदेहिता निर्वाह नगरेको , विपक्षीहरुले आफनो स्थानिय तहमा सविधान र कानुनमा भएको व्यावस्था अनुसार राष्ट्रिय जनावर गाइको लागि कुनै वजेट नभएको, प्रत्येक वडामा कान्जी हाउस बनाउनु पर्नैमा कुनै बडामा सो किसिमको कान्जी हाउस व्यवस्था नगरेको र सोको लागि कुनै किसिमको बजेटको व्यवस्था नगरेकोले आम कृषक नागरिकहरुको बाली नाली सरंक्षण सम्वर्धनको लागि आवश्यक निति नियम बनाई कार्यान्यवन गराउनु पर्नैमा हाल सम्म सो तर्फ केही पहल नगरेकोले विपक्षीहरुले आफ्नो  पदीय र कानूनी दायित्व निर्वाह गरि नागरिकहरुको जीवनको अधिकार खाधको अधिकार लगायतको हक अधिकारको संरक्षण एवं संबद्र्धनका लागि सार्वजनिक सरोकारको विषयमा रिट दायर गरिएको  सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले जानकारी दिनुभयो  । 

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/