वडा न १२ को सभाहल शिलान्यास

नेपालगञ्ज २४ असोज  / नेपालगञ्ज उपमहानगरपालिका वडा न १२ ले वडा कार्यालय समेत बनाउन मील्ने गरि सामुदायिक सभा हल बनाउने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न १२ मुक्तिपुर वीपीमार्गस्थित उपयोगविहीन ऐलानी जग्गालाई संरक्षण गर्दै सभा हल बनाउन लागिएको हो । वडा न १२ का अध्यक्ष बुद्धीसागर सुवेदीको नेतृत्व तथा स्थानीय व्यक्तिहरुको सक्रियतामा कान्छीताल भन्ने गरिएको ३ कठठा खाल्डोलाई पुरेर सभा हल निर्माण प्रक्रिया शुरु गरिएको हो । सभा हलको आज वडा अध्यक्ष सुवेदीले पुजापाठसहित विधीवत शिलान्यास गर्नु भयो । उपमहानगरपालिका कार्यालय संरक्षक रहने भुई तलामा सामुदायिक सभाहल, दोस्रो तला वडा कार्यालय समेत रहने गरि ३ तले भुकुम्प प्रतिरोधीे भवन बनाइन लागिएको हो । वडा कार्यालयको ३५ लाख लगानीमा उपभोक्ता समितीमार्फत निर्माण कार्य बढाउन लागिएको छ । उपभोक्ता समितीका अध्यक्ष जनकराम भण्डारीका अनुसार दशैं लगत्तै निर्माण कार्य शुरु गरेर चैत्र मसान्तसम्म सभाहल निर्माण गरिनेछ ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/