बढैयाताल गाउँपालिका बालबालिका विरुद्ध हुने हिंसा रोक्न सक्रिय हुदै

सोम गुरुङ्ग,बर्दिया २५ असोज / सातौ अन्तरराष्ट्रिय बालिका दिवशको अवशरमा बढैयाताल गाँउपालिकाको आयोजना तथा सामाजिक सचेतन सरोकार मन्च(स्याक),आवाज, प्लान ईन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, ओरेक नेपाल, राईजिङ आईडल्सको समन्व तथा सहकार्यमा बालिका विरुद्ध हुने हिंसा तथा दुब्र्यवहार न्यूनिकरणमा सरोकारवालाको भुमिका बारे बालिकासंग छलफल कार्यक्रम तथा रयाली गरिएको छ ।  
बढैयाताल गाँउपालिकाले आयोजनामा भएको कार्यक्रममा सामाजिक सचेतन सरोकार मन्च(स्याक), अध्यक्ष शिवलाल पाण्डेले स्वागत मन्त्ब्य  राख्नुु भएको थियो  । बालिका दिवशको उद्धे्र्रश्य बारे प्लान ईन्टरनेशनल नेपालका एरिया म्यानेजर मीना पराजुलीले प्रष्ट पार्नु भएको थियो । सो कार्यक्रमको अध्यक्षता गर्नुभएको बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दीपा कुमारी गौतमले स्थानिय तहमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र  बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सबै निकायसंग समन्वय र सहकार्य गरि ठोस कार्य योजना बनाउने प्रतिबद्धता समेत गर्नुभयो । 
गाउँपालिकाले पालिका स्तरीय बाल संरक्षण समिति समेत गठन गरेको छ । सो छलफल कार्यक्रममा अधिवक्ता बशन्त गौतमले नेपालमा रहेको विद्यमान कानुनी प्रक्रिया बारे जानकारी गराउनुभएको थियो । स्याकले निर्माण गरेको च्याम्पियन अफ चेन्जका सदस्य प्रज्ञासी गौतम र प्रतिक्षा चौधरीले किशोरीहरुको स्थानीय समस्याका विषयमा सुरक्षित वातावरण परिकल्पनाा समेत प्रस्तुत गरेका थिए । 
सो गाँउपालिका अन्तरगतको शिक्षा शाखाका विद्यालय निरिक्षक बिमला गुरुङ्ग,स्वास्थ्य शाखा प्रमूख विष्णु पौडेल, प्लान ईन्टरनेशनल नेपालका स्पोन्सर म्यानेजर स्नेहालता श्रेष्ठ, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, महिला तथा बालबालिका शाखाका प्रतिनीधि ,वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालयका  प्रतिनीधि, गैरसरकारी संस्थाका प्रतिनिधिहरु,बालक्लवका सदस्य ,नागरिक समाज, शिक्षक र बालबालिकाको समेतको सहभागिता रहेको थियो । 


हाल बढैयाताल  गाउँपालिकाका प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिनुभयो । 
सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने रहको बताउनुभयो । सो कार्यक्रमको सन्चालन गाउँपालिकाका उमन हमालले गरेका थिए । 

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/