हाम्रो प्रण स्मारिका विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न सुनिल सिंघल, ईश्वरी रिजाल र झलक गैरे सम्मानित

सोम गुरुङ, नेपालगन्ज २७ असोज  / माध्यमिक विद्यालय एसोसियसन शिक्षक नेपाल (हिस्टान) जिल्ला समन्वय समिति बाँकेले  स्मारिका विमोचन तथा सम्मान कार्यक्रम गरेको छ ।  सो कार्यक्रमको प्रमुख अतिथि बाँके क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य नन्दलाल रोकायले प्रजातन्त जोगाउने बेला आएको र सबै मिलि प्रजातन्त्रलाई जोगाउन लाग्नु पर्नेमा जोड दिनुु भयो साथै उहाँले  शिक्षकले उठाएका सवालहरुलाई सम्बन्धित निकायमा आफुले राख्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । त्यसै गरि विशिष्ट अतिथि प्रदेस सभा सदस्य सुरेन्द्र हमालले शिक्षकले उठाएका जायज मागहरुको सम्बोधन गर्नलाई आफुले पैरवी गर्ने प्रतिबद्धता गर्नु भयो । सो कार्यक्रमको विशिष्ट अतिथि रहनु भएका माध्यमिक विद्यालय एसोसियसन शिक्षक नेपाल (हिस्टान) केन्द्रिय अध्यक्ष पुष्प न्यौपानेले अब बन्ने संघीय शिक्षा ऐनमा आफना मागहरुलाई जसरी पनि राखिने बताउनुभयो । 
माध्यमिक विद्यालय एसोसियसन शिक्षक नेपाल (हिस्टान)का  केन्द्रिय महासचिव बिक्रम पोखरेलले सरकारलाई चुुनौती दिदै सत्ता दिए हिस्टानले चलाउने पनि बताउनुभयो ।  सो कार्यक्रममा माध्यमिक विद्यालय एसोसियसन शिक्षक नेपाल (हिस्टान) जिल्ला समन्वय समिति बाँकेले  प्रकाशन गरेको हाम्रो प्रण स्मारिकाको विमोचन बाँके क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य नन्दलाल रोकायले गर्नु भएको थियो । शुभकामना मन्त्ब्य राख्नेहरुमा राष्ट्रिय शिक्षक संगठन संघ, बाँकेका अध्यक्ष बामदेव सुवेदी र नेपाल शिक्षक संघ, बाँकेका अध्यक्ष विरेन्द्र यादव रहनु भएको थियो । 
सोही अवशरमा माध्यमिक विद्यालय एसोसियसन शिक्षक नेपाल (हिस्टान)का बर्दियाका संस्थापक अध्यक्ष ईश्वरी प्रसाद रिजाल, माध्यमिक विद्यालय एसोसियसन शिक्षक नेपाल (हिस्टान) बाँकेका संस्थापक अध्यक्ष सुनिल सिंघल र दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
हिस्टान, बाँकेले गद्य कवितामा प्रथम भएका मंगल उमाविका प्रदुुमन कैराती, पद्य कविता तर्फ प्रथम भएका धम्बोझी उमाविका प्रकास आचार्य, गजल तर्फ धम्बोझी उमाविका गणेश विक, लघुकथा तर्फ प्रथम भएका चोल बहादुर खत्री,र गीत रचनातर्फ प्रथम भएका ज्ञानोदय उमाविका उमा उपाध्यायलाई नगद सहित सम्मान गरेको छ । त्यसै गरि १२ कक्षामा सर्वोकृष्ठ नम्बर ल्याएर पास भएका विज्ञान संकाय तर्फ आर्दश उमाविका डिल्लीराज गौतम, ब्यवस्थापन तर्फ भृकुटी उमाविका ओम प्रकास शिख, शिक्षा संकायतर्फ  जनता उमाविका चोलमाय खत्री, मानविकी संकायतर्फ नारायण उमाविका इन्द्र तिमिल्सना र आरती कुमारी चौधरीलाई पनि सम्मान गरिएको छ ।   
सो कार्यक्रममा स्वागत मन्तब्य हिस्टान, बाँकेका सदस्य गणेश ओली र कार्यक्रमको उद्धेश्य बारेमा हिस्टान बाँकेका सहसचिव महारुप जैसीले राख्नुुभएको थियो । सो कार्यक्रम हिस्टान बाँकेका अध्यक्ष लेक प्रसाद प्याकुरेलको अध्यक्षता भएको थियो भने कार्यक्रम सन्चालन हिस्टानका सचिव विनोद पौडेल र सल्लाहकार कविन्द्रराज भट्टराईले गर्नुभएको थियो । 
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/