नेपालगंज २९ असोज / दशैंलाई लक्षित गर्दै बाँकेको नेपालगन्जमा दशैं डिजे डान्स पार्टीको आयोजना हुने भएको छ । न्यू नेपाल यडभरटाइजिङ सर्भिसको आयोजनामा यहि अशोज २९ गते चर्चित डिजे सहितको डान्स पार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
नेपालगन्जस्थित किचन हटमा आयोजना गरिने डान्स पार्टीमा नेपालका चर्चित डिजे नेहा र डिजे तामाले सहभागीहरुलाई नचाउने भएका छन । त्यसैगरी दि आवाज ब्याण्डले समेत आफ्नो प्रस्तुती दिने बताईएको छ । विशेषगरी युवा पुस्तालाई लक्षित गरि आयोजना गर्न लागिएको उक्त डान्स पार्टीलाई यस क्षेत्रका चर्चित कार्यक्रम प्रस्तोता प्रज्वल श्रेष्ठले संचालन गर्ने कार्यक्रम तय भएको आयोजक संस्थाका कार्यक्रम संयोजक सागर चन्द ठकुरिले जानकारी दिएको छन् ।

0 comments:
Post a Comment