पर्याप्त चिकित्सक दरबन्दीको लागि उच्च अदालतमा रिट निवेदन

सोम गुरुङ,नेपालगन्ज ९ कार्तिक / बर्दिया जिल्लाका नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी हकबाट बञ्चित नगर्नु नगराउनु, जिल्ला अस्पतालमा औषधी,तोकिएको दरवन्दी अनुसारको चिकित्सक स्वाथ्यकर्मी लगायतको पर्याप्त व्यवस्था तत्काल गर्नु कानून बमोजिमको काम तत्काल गर्नु, गराउनु भनी नेपालको संविधान २०७२ को धारा १४४(१), १४४(२) र न्याय प्रशासन ऐन २०७३ को दफा ८(१) बमोजिम यि विपक्षीहरुका नाउँमा परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ माग राख्दै २०७५ कार्तिक ८ गते  उच्च अदालत तुलसीपुर ईजलाश नेपालगजंमा परेको सार्वजनिक सरोकारको रिट निवेदन उपर आज ९ गते बहस भएको छ । आज भएको बहसमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका माननीय न्यायाधीश खुशी प्रसाद थारुको एकल ईजलासबाट विपक्षीको नाउँमा परेको रिट निवेदनको गाम्र्भियता हेरेर अन्तरिम आदेश हुने नहुने बारे छलफलको लागि कार्तिक १६ गते बोलाईएको छ । सो सार्वजनिक सरोकारको रिट निवेदन दिनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सदस्य लक्ष्मी ज्ञवाली, बर्दिया गुलरिया नगरपालिका निवासी सिमा हमाल रहेका छन् । विपक्षीहरुमा जिल्ला जनस्वास्थ कार्यालय बर्दिया, गुलरिया न.पालिका को कार्यालय बर्दिया, जिल्ला अस्पताल बर्दिया गुलरिया र जिल्ला अस्पताल बर्दिया गुलरिया सचांलन तदर्थ समिति  बर्दिया रहेका छन् । ९ गते भएको बहसमा निवेदकहरुको पक्षबाट अधिवक्ता विश्वजित तिवारी, लोक बहादुर शाह र राम कुमार दिक्षित समेतले बहस गर्नु भएको थियो । 
    
 
बर्दिया जिल्ला अस्पतालमा नेपाल सरकारले तोकेको दरवन्दी भएपनि सो दरवन्दी अनुुसार चिकित्सक,नर्स,कर्मचारीहरु पर्याप्त नहुुदाँ बिरामीहरु सेवासुविधाहरुबाट वन्चित हुनु परेको छ ।  हाल जनस्वास्थ्य सेवा ऐन २०७५ पनि लागु भईको अवस्था छ । नेपालको संविधानले प्रत्याभुत गरेको निशुल्क आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित प्रभावकारी ,गुणस्तरिय तथा सर्वसुलभ तुल्याई नागरिकको पहुच स्थापित गर्नको लागि जनस्वास्थ्य सेवा ऐन २०७५ को प्रस्तावना ऐ को दफा २ (क) मा आकस्मिक स्वास्थ्य सेवा, २ (ख) मा आधारभुत स्वाथ्य सेवा परिच्छेद २ मा सेवाग्राहीको अधिकार ,कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्व दफा ३ स्वास्थ्य सेवाको पहुच तथा सुनिश्चितता,दफा ४ मा आकस्मिक उपचार,दफा ५ विशेषज्ञ सेवा,दफा ६ प्रेषण (रेफरल) सेवा दफा ७ मा गुणस्तीय स्वास्थ्य सेवा प्रदान गर्नै दफा १० मा सेवाग्राही लाई जानकारी दिनु पर्नै दफा १५ डिस्चार्ज (बहिर्गमन ) साराशं दिनु पर्नै,दफा १६ स्वास्थ्य संस्थाको दायित्व दफा २५ स्वास्थ्य संस्थाले गुणस्तर कायम गर्नु पर्ने समेतको कानुनी व्यवस्था रही आएको छ ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/