गायक कमल खत्री र युुवा मोटिभेसन स्पीकर रोहित मल्ल बाँके आउँदै

बाँके १० कार्तिक / हिन्दु धर्मावलम्वीहरुको ठुलो पर्व दिपावलीका अवसरमा पारेर बाँकेको कोहलपुरमा मोटिभेसन कार्यक्रम गरिने भएको छ । नेपाल तमु विद्यार्थी छोंज धि जिल्ला कार्यसमिति बाँकेको आयोजनामा यहि कार्तिक १५ गते मोटिभेसन कार्यक्रम आयोजना हुन लागेको हो ।
कोहलपुर ८ पिपरीमा रहेकोको साईनिङ स्टार युुवा मोटिभेसन स्पीकर अँग्रेजी माध्यामिक विद्यालयमा आयोजना गर्ने भनिएको उक्त मोटिभेसन कार्यक्रममा रोहित मल्लले आफ्ना जिवनका संघर्ष र सफलताका शुत्रहरुका बारेमा प्रस्तुती दिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणका रुपमा मोटिभेटर रोहित मल्ललाई कोहलपुर ल्याउन लागिएको कार्यक्रमका संयोजक ऋषि थापाले जानकारी दिए ।
धार्मिक सहिष्णुता र सामाजिक मेलमिलाप तथा युवाहरुलाई उत्पेरणा बढाउने उद्धेश्यले आयोजना गर्न लागिएको कार्यक्रममा चर्चित पप गायक कमल खत्रीको समेत प्रस्तुती रहने नेपाल तमु विद्यार्थी छोंज धि जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष तथा सो कार्यक्रमका व्यवस्थापक सुदन गुरुङले जानकारी दिए । बेटर बाँकेको प्राविधिक सहयोगमा संचालन गरिने उक्त कार्यक्रममा आउन चाहनेहरुकालागि रु.३०० मा टिकटको व्यवस्था मिलाईएको गुरुङले बताए ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/