पैरवीका लागि सहभागितामुलक प्रमाणमा आधारित अनुसन्धान तालिम सम्पन्न

नागरिक समाजले स्थानीय स्तरबाट नै अनुगमन तथा पैरवी गर्नु पर्ने
सोम गुरुङ,बाँके ४ पुस / राज्यले प्रदान गर्ने हरेक सेवा सुविधा बारे नागरिक समाजले स्थानीय स्तरबाट नै अनुगमन तथा पैरवी गर्नु पर्ने जिम्मेवारी आएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । 
मित्र समाज, काठमाण्डौंको आयोजना, नेपाल राष्ट्रिय समाज कल्याण संघ, कञ्चनपुर, नेपाल सहभागितामुलक कार्य समुह(नेपान), काठमाण्डौ र विभिन्न विज्ञहरुको सहजीकरण तथा र यूएसआइडी/ एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत २१ वटा जिल्लाका ८ वटा नागरिक समाजको संस्थाका ४१ जना प्रतिनिधि(सामुदायिक अनुसन्धानकर्ता, जिल्ला संयोजक) लाई सहभागितामुुलक प्रमाणमा आधारित कार्य अनुसन्धान तालिम नेपालगन्जमा प्रदान गरिएको छ । सो तालिमका सहभागीहरुले राज्यबाट प्रदान हुने शिक्षा, स्वास्थ्य, कृषिका सेवा प्रवाह तथा विपद जोखिम न्यूनीकरणमा राज्यको भुमिकालाई प्रभावकारी बनाउन नागरिक समाजबाट पनि अनुगमन हुनु पर्ने बताएका छन् । 

सो तालिममा नेपाल सहभागितामुलक कार्य समुह(नेपान)का क्षमता विकास विज्ञ गोविन्दराज पौडेल, गोविन्द बहादुुर बस्नेत, मित्र समाज, काठमाण्डौंका कार्यक्रम प्रबन्धक लाछिरिङ ग्लान तामाङ, क्षमता विकास विज्ञ कर्ण बहादुर नेपाली, नेपाल राष्ट्रिय समाज कल्याण संघ, कञ्चनपुरका कार्यक्रम प्रबन्धक बिनोदविक्रम जैरु, एफएचआई३६० का क्षमता विकास प्रबन्धक रत्नाबाबा तण्डुकार,एफएचआई३६० का पैरवी विज्ञ भोला भट्टराई, ईक्वेल एक्सेस नेपालका मिडिया डाईरेक्टर डा. निर्मल रिजाल, मिडिया आउटरिच म्यानेजर विशाल राना मगर र अनुुगमन तथा मुल्याङ्कन प्रबन्धक प्रविण श्रेष्ठले अनुसन्धानका विधिहरु, पैरवी योजना प्रक्रिया, सवाल पहिचान बारे विषयमा सहजीकरण गरिएको थियो । 
सो तालिममा  अनुसन्धान के हो ? अनुसन्धानका विधिहरु, सूचनालाई पैरवीमा कसरी प्रयोग गर्ने, समन्वय र सहकार्य,समूह केन्द्रित छलफल,सामुदायिक नंक्साकन, सेवा नंक्साकन र अवलोकन  पैरवी योजना प्रक्रिया र नागरिक समाजको भुमिका र २१ वटा जिल्लाका पैरवी सवालहरु बारे छलफल समेत गरिएको थियो । 
पैरवीका लागि प्रमाण  संकलन गर्ने प्रक्रिया, सीप, सार्वजनिक सेवा प्रवाह गर्ने योजना र प्रक्रिया, प्रतिवेदन लेखन सीप र अन्य सामाजिक संघसंस्थासंग सहकार्य र समन्वय गर्ने सीप बारे सहजीकरण गरिएको थियो । साथै मेरो रिर्पोटमा आआफना विषयवस्तु पोस्ट गर्ने तरिका, रेडियो कार्यक्रम साझा बोलीका बारे पनि सहजीकरण गरिएको थियो । 







SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/