बालबालिका सम्वन्धी ऐनहरुको कार्यान्वयनका लागि नागरीक समाजले महत्वपूर्ण भुमिका खेल्नु पर्ने

बाँके २७ मङ्सिर / बालबालिका सम्वन्धी ऐनहरुको कार्यान्वयनका लागि नागरीक समाजले महत्वपूर्ण भुमिका खेल्नु पर्ने र साथै  सिर्जनामुलक  दवाव  दिनु पर्ने  सहभागिहरुले बताएका छन । बालबालिका सम्वन्धी ऐन २०७५ र यसको कार्यान्वयनमा नागरीक समाजको भुमिका विषयक नेपालगंजमा सम्पन्न एकदिने छलफल कार्यक्रमा सो कुरा बताइएको हो ।
सेभ द चिल्ड्रन र बाके युनेस्को क्लवको आयोजानमा सम्पन्न कार्यक्रममा बाके जिल्लामा बालबालिकाको क्षेत्रमा क्रियाशिल नागरीक समाज सञ्जालका सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा  रास्ट्रिय मानव अधिकार आयोग नेपालगंजका प्रमुख चन्द्रकान्त चापागाईले बालबालिका सम्वन्धी ऐन २०७५ का बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा बालबालिका सम्बन्धि ऐन २०७५, बाल अधिकार ,संरक्षणको अधिकार ,बालबालिकाको विभेद विरुद्धको अधिकार लगाएतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बालबालिकाको भावनालाई कदर गर्नु पर्ने  र उनिहरुको अधिकारको सरक्षण गर्नु पर्ने कुरामा जोड दिइएको थियो । सेभ द चिल्ड्रनका बिरेन्द्र थापा र बाके युनेस्को क्लवका आशिष बर्माले बाल अधिकारका बारेमा  विचार राख्नु भयको थियो ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/