दशौं मानव अधिकार राष्ट्रिय महाभेला नेपालगन्जमा आज हुदै

नेपालगन्ज २६ मंसिर  / फातिमा फाउण्डेशन नेपालको आयोजना र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र(आईएचआरसी)को सहआयोजना र जिल्ला अदालत नेपाल वार एसोसियसन  र उच्च अदालत बार एसोसियसन, र विभिन्न मानवअधिकार संस्थाको  सहकार्यमा दशौं मानव अधिकार राष्ट्रिय महाभेला नेपालगन्जमा आज हुदैछ । 
। मानव अधिकार सन्जालको बैठकले नेपालगन्जमा हुने प्रदेश स्तरीय दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल पार्नको  लागि फातिमा फाउण्डेशन नेपालको संयोजकत्वमा मुल समित समेत गठन गरेको थियो । उपसंयोजकमा जिल्ला अदालत नेपाल वार एसोसियसन  र उच्च अदालत बार एसोसियसन र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र(आईएचआरसी) रहेका छन् । 
त्यसै गरि सदस्यहरुमा ईन्सेक, सिविन, हिमराईट्स, फियान नेपाल, द्धन्द्ध पीडित तथा एकल महिला सन्जाल, न्यायको लागि द्धन्द्ध पीडित समाज र नेपाल पत्रकार महासंघ रहेका छन् दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल बनाउन बाँके , बर्दिया र दाङ जिल्लाबाट करिव १०० बढी मानवअधिकारकर्मीको सहभागिता हुने फातिमा फाउण्डेशन नेपालका मैमुना सिद्धिकीले जानकारी दिइन् ।


SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/