स्थानीय युवाहरुसंग आवश्यकता पहिचान कार्यशाला नेपालगंजमा सम्पन्न


नेपालगन्ज २७ पुस . नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौंको आयोजना र जिल्ला युवा क्लब संजाल बाँकेको स्थानीय साझेदारीमा बाँकेमा संचालन भईरहेको सुशासनका लागि युवा परियोजना अन्र्तगत बाँके जिल्लाका स्थानीय युवाहरुसंग आवश्यकता पहिचान कार्यशाला नेपालगंजमा सम्पन्न भएको छ । 
सो कार्यक्रममा नेपालगंज,कोहलपुर,जानकी,खजुरा र डुडुवा गाउँपालिकाका २५ जना युवाहरुको सहभागिता रहेको थियो । 
सो कार्यक्रमको सहजिकरण जिल्ला युवा क्लब संजाल बाँकेका अध्यक्ष आशिष बर्माले गरेका थिए । कार्यक्रममा स्थानिय निकायमा युवाको सहभागिता,राजनीतिमा युवाको सहभागिता र निर्वाचनमा युवाको सहभागिता ३ वटा बिषयमा छलफल गरिएको जिल्ला युवा क्लब संजाल बाँकेका सचिव राजन बर्माले दिनुभयो ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/