बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

सोम गुरुङ,बढैयाताल ७ फागुन / बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.६ मैनापोखरमा  १ करोड बढी लगानीमा पहिलो सुविधासम्पन्न सुनगाभा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस खोलिएको छ । सो प्यालेसले यही फागुनको अन्तिम देखि आफनो सेवासुुविधा सन्चालनमा ल्याउने भएको छ ।  
बढैयाताल एक पर्यटकीय क्षेत्र भएकोले यस ठाउँलाई आउने पर्यटकलाई ब्यवस्थित तथा आरामदायी बसोबासको लागि मध्य नजर गर्दै सो होटल सन्चालनमा ल्याइएको बढैयाताल गाउँपालिका वडा नं. १ निवासी प्रोपाइटर प्रकास केसीले बताए । हाल नेपाल सरकारले भिजिट २०२० अभियान सन्चालन गरिरहेको छ । बढैयाताल पनि एक पर्यटकीय क्षेत्रमा सूचीकृत भएको छ । 
सुनगाभा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा एटेज कोठा, २ वटा  एसी सभाहल, पार्टी प्यालेस, क्याबिन रेष्टुरेन्ट, सुविधासम्पन्न बासको ब्यवस्था र पार्किङ्गको सुुविधा समेत रहेको शिव सुबेदीले जानकारी दिए । 
बढैयाताल गाउँपालिकामा रहेको बढैयाताल, सिमासार क्षेत्र, यहाँका थारु संस्कृति तथा कलामा टेवा  पुग्ने सो प्यालेस सन्चालनमा आएपछि स्थानीय तहमा रोजगारका वातावरण सृजना हुने साथै आन्तरिक तथा वाहय पर्यटकहरुलाई स्थानीय तहमा नै उचित बसोबासको ब्यवस्थामा सहज हुने बढैयाताल उद्योग बाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछाने बताउनुहुन्छ । 



SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/