बाँकेमा युवा महिलाका लागी सञ्जाल व्यवस्थान तालिम सम्पन्न

सोम गुरुङ, फाल्गुन ७  नेपालगंज / स्थानिय युवा महिला सञ्जालका प्रतिनिधि तथा युवा रोल मोडलहरुको लागी सञ्जाल व्यवस्थापन र सञ्जालीकरण विषयक २ दिने तालिम नेपालगंजमा सम्पन्न गरिएको छ। प्लान इन्टरनेशनल फिल्ड कार्यलय नेपालगंज संगको साझेदारीमा राइजिङ आइडल्स बाँकेले संचालन गरिरहेको बालिका तथा युवा महिला शसक्तिकरण परियोजना अन्तर्गत बाँकेको बैजनाथ गाँउपालीका र खजुरा गाँउपालीका मा संचालनमा रहेका युवा महिला संजालका प्रतिनिधिहरुको लागी संचालित तालिममा २५ स्थानिय युवा महिलाहरुको सहभागिता रहेको थियो । 
तलिममा स्थानिय युवा महिला सञ्जालको विकासका लागी आवश्यक सीप, स्थानीय स्तरमा गर्न सकिने योजना तथा स्थानीय सवालहरुको पहिचान गरि निर्माण गराउनका लागी आयोजित तालिममा राइजिङ आइडल्स बाँकेका संस्थापक अध्यक्ष आशिष बर्मा र सहजकर्ता शुक्रऋषि चौलागाईले युवा महिलाको सवाल र स्थानीय सरकारको भुमिका, समूह निर्माण, यसको विशेषताहरु र संजालको व्यवस्थापन कसरी गर्ने र नेतृत्व विकास,  समन्वय, सहकार्य, साझेदारी र संजालीकरणको परिचय, यसको महत्व र राज्यको संरचना, राज्यको दायित्व तथा युवा संजालको भूमिकाको विषयमा सहजिकरण गर्नु भएको थियो भने कार्यक्रमको समापन संस्थाका सचिव  रोहित बर्माले गर्नु भएको कुरा राइजिङ आइडल्स बाँकेका कार्यक्रम अधिकृत विष्णु प्रसाद अधिकारीले जानकारी दिनु भयो ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/