क्यूपेक नेपालको तेश्रो जिल्ला अधिवेशन बढैयातालमा हुदै

सोम गुरुङ्ग,बर्दिया १३ फागुन / बिश्वका मजदुर एक हौं  साथै क्यूपेक नेपालको सराकोर, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार भन्ने मुल नाराको साथ नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन( क्यूपेक नेपाल) बर्दिया जिल्लाको तेश्रो जिल्ला अधिवेशन फागुन १४ गते बढैयाताल गाउँपालिकाको भौलागौडीमा हुने भएको छ । सो जिल्ला अधिवेशनको प्रमुख अतिथि क्यूपेक नेपालका केन्द्रिय अध्यक्ष नरनाथ लुईटेल आउनु हुने भएको छ । त्यसैगरि अतिथिहरुमा क्यूपेक नेपालका केन्द्रिय सचिव कृष्ण ढुङ्गेल,  केन्द्रिय सदस्यहरु बलादेवी राई, टिकाराम श्रेष्ठ, जिफन्ट प्रदेस सदस्य ख्याम बहादुर केसी, कृषि फापुन केन्द्रिय अध्यक्ष पूर्णचन्द्र उपाध्याय लगायतको सहभागिता रहने क्यूपेक नेपालका केन्द्रिय सदस्य पदम बहादुर बुढाले मगरले जानकारी दिनुभयो ।  
बढैयातालमा हुन लागेको यो जिल्ला अधिवेशन सफल पार्नको लागि क्यूपेक नेपाल, बढैयाताल गाउँकमिटिले सम्पूर्ण तयारी भईसकेको क्यूपेक नेपाल, बढैयाताल गाउँपालिका कमिटिका अध्यक्ष खेम बहादुर रावत क्षेत्रीले बताए । सम्पूर्ण मजदुर एक जुट भएर अगाडि बढिरहेको जिफन्ट बढैयाताल गाउँपालिका कमिटिका अध्यक्ष मोहन बहादुर गुरुङ्गले बताए । 
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/