अध्यक्षमा राम कुमार थारु सर्वसम्मतबाट चयन
सोम गुरुङ्ग,बर्दिया १४ फागुन / बिश्वका मजदुर एक हौं साथै क्यूपेक नेपालको सराकोर, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार भन्ने मुल नाराको साथ नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन( क्यूपेक नेपाल) बर्दिया जिल्लाको तेश्रो जिल्ला अधिवेशन बढैयाताल गाउँपालिकाको भौलागौडीमा सम्पन्न भएको छ ।
सो जिल्ला अधिवेशनको प्रमुख अतिथि क्यूपेक नेपालका केन्द्रिय अध्यक्ष नरनाथ लुईटेलले मजदुरको रोजजारी, पारिश्रमिक, र सुरक्षा लगायत मजदुरहरुको हक अधिकारको लागि ग्यारेन्टी गर्न राज्यले पहल गर्नु पर्नेमा जोड दिनुभएको छ ।
उहाँले अप्ठ्यारामा परेका मजदुरहरुको अधिकार निम्ती मात्र नभई आपत विपतमा परेको बेलामा सहयोग गर्ने, मजदुरहरु एक भएर आफनो नगरपालिका, गाउपालिका जिल्लामा आफ्नो हकहितको लागि आवाज उठाउन सजिलो हुने र हाल श्रमीक मजदुरहरुको लागि नयाँ ऐन कानुन लागु भएकोले अव त्यसलाई कार्यान्वयनको लागि एक ढिक्का भएर अवाज उठाउनु पर्ने र स्थानिय तहमा पनि मजदुरहरुको पञ्जिकरण गराउन पहल गर्नको लागि सहजीकरणको भुमिका खेल्नुुपर्ने बताउनुभयो ।
सो अधिवेशन कार्यक्रममा क्यूपेक नेपाल जिल्ला कमिटीहरुको तर्फबाट कैलाली जिल्ला अध्यक्ष मनिराम ढुगांना, नेपाल कम्युनिष्ठ पार्टी बढैयाताल गाउपालिका सचिव डिल बहादुर केसी,जिफन्ट पाँच नम्वर प्रदेशका ईन्चार्ज, ख्याम वहादुर केसी, क्यूपेक नेपाल केन्द्रिय सदस्य तथा धवलागिरीका ईन्चार्ज बलादेवि राई र कृषि फापुन केन्द्रिय अध्यक्ष पूर्णचन्द्र उपाध्याय र बढैयाताल गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा जिफन्टका वरिष्ठ युनियन कर्मी संजाल सदस्य केशव राज गिरी, जिफन्ट ५ न प्रदेश सदस्यहरु, क्युपेक नेपालको कैलाली, बाँके जिल्लाका अध्यक्ष, बर्दिया जिल्ला भरिका सदस्य र पत्रकारहरुको उपस्थिति रहको थियो । कार्यक्रमको स्वागत मन्तव्य क्युपेक नेपालका केन्द्रिय सदस्य, ५ नम्वर प्रदेश संयोजक पदम बहादुर बुढामगरले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुलाई मायाको चिनो सहित सम्मन गरिएको थियो । तेश्रो अधिवेशन बाट राम कुमार थारुको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कमिटि सर्वसम्मतबाट चयन गरिएको छ ।
त्यसैगरि उपाध्यक्षमा पुतली विक, सचिब भुमिराज लामिछाने, स–सचिब प्रमिला डाँगी, कोषाध्यक्ष मुनान जोलाहा, सदस्यहरु सन्तराम थारु, कबिराम बि.क,मेग बहादुर भट्ट, हिरालाल थारु, हिमा नेपाल र कृष्ण पौडेल चयन भएका छन् ।
0 comments:
Post a Comment