नेपालगंज ४ फागुन / तमु ह्युल छोँज धि जिल्ला कार्य समिती बाँकेद्दारा तमु भाषा खेमा लिपि प्रशिक्षक भिम तमु सँग आज नेपालगन्ज बौद्ध धर्म संघ गुम्बामा भेटघाट कार्यक्रम सौहार्द्पुण बातावरणमा सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिका रुपमा रहनु भएका तमु भाषा खेमा लिपिका ज्ञाता भिम तमुले भाषा र लिपिका बारेमा धेरै कुराको जानकारी दिदै अब पनि हामी हाम्रो भाषा र लिपिलाई माया नगरे अझ धेरै पछि पर्ने कुरा बताउनु भएको थियो भने बाँकेका अध्यक्ष युग तमुले छिटै नै बाके जिल्लामा पनि प्रशिक्षणको ब्यबस्था मिलाउने बताउनु भयो ।
प्रमुख अतिथी भिम तमु आज बाङ्ममय प्रतिष्ठानले आयोजना गरेको प्रदेश न. ५ स्तरिय बहुभाषिक कवि गोष्ठीमा सहभागी हुन नेपालगन्ज आउनु भएको हो भने सो कार्यक्रममा वहाँ सम्मानित हुनु भयकोमा तमु ह्युल छोँज धि जिल्ला कार्य समिती बाँकेद्दारा धन्यबाद ब्यक्त गरियको छ ।


0 comments:
Post a Comment