बढैयाताल गाउँपालिकाका वडा नं ८ का किशोरीद्वारा बालबिवाह रोक्ने प्रतिबद्धता

सोम गुरुङ, बर्दिया , फागुन ४ । बढैयाताल गाउँपालिकाका  परिबर्तन बाहक(सि.ओ.सी.) किशोरीहरू, अभिभावक तथा बाल क्लवका प्रतिनिधिहरु बालविवाह रोक्न प्रतिबद्ध भएका छन् । बढैयाताल गांँउपालिका वडास्तरीय सि.ओ.सी.का किशोरीहरूको आयोजना  तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजीक सचेतन सरोकार मंच (स्याक)को सहयोगमा बढैयाताल गाउँपालिका वडा नं ८ मयूर बस्तीमा भएको अभिभावक र किशोरीहरुलाई बालविवाहन्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बालबिवाह रोक्ने प्रतिबद्धता  जनाएका हुन ।
सि.ओ.सीका किशोरीहरू तथा अभिभावकहरुलाई बालविवाह न्यूनीकरणमा जनप्रतिनिधी तथा अभिभावकलाई भुमीका के के हुने सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्नुको उद्देश्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना का सुपरभाइजर जनक चौधरीले जानकारी दिए । अभिभाबकहरुलाई बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहजीकरण अधिवक्ता राजकुमार थारूले वालविवाहबाट हुने असर र अभिभावक हरुले खेल्ने सकारात्मक भुमिकाको वारेमा सहजीकरण गर्नु भएको थियो । यस्तै कार्यक्रम समापनको क्रममा अभिभावक, जनप्रतिनिधिहरुले आउदा दिनहरूमा अभिभावकले छोराछोरीहरुलाई असल अभिभावकको भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए । वडा स्तरीय सि.ओ. सि. केन्द्र वढैयातालका संयोजक ममता  पौडेयलले स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सम्पूर्ण सामाजिक संस्था,प्रहरी, विद्यालय र सबै निकायसंग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य सबै वडाहरूमा अभियानको रुपमा अघि बढ्ने र यस गाउपालिकालाई नमुना वनाउनका लागी बालविवाह रोक्नु पर्ने समेत जनाइन् । त्यसतैआउदा दिनहरुमा कोहि वालबालीकाहरु विद्यालयवाट वंन्चित नहुने र यसको लागी सबैले सचेत नागरीकको भुमिका निर्वाह गर्नु प्रर्ने  र सम्पुर्ण बालवालीका वालश्रममुक्त हुनुपर्ने बढैयातालका च्यामपीयन रुपक बुढा क्षेत्रीबताए ।
हाल बढैयाताल गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका किशोर चौधरीले बताए ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/