नेपालगंज ४ फागुन / नेल्टा बाकेको सहजीकरण र प्याब्सन नगरको समन्वयमा २५ बढी विभिन्न माबी बिधालयका शिक्षकहरुलाई ६ दिने तालिम संचालन भयको छ । शिक्षा तालिम केन्द्र भैरहवाको आयोजनामा आजबाट सुरु गरिएको सो तालिमको सभापति नेल्टा बाकेका अध्यक्ष होमराज खड्का, प्रमुख अतिथि नेपालगन्ज प्याब्सनका नगर अध्यक्ष बिकास बज्राचार्य , अतिथिहरु मोर्डन पब्लिक स्कुलका प्राचार्य खड्ग बहादुर बोहरा, प्याब्सन नेपालगन्जका सचिब मान बहादुर थापा, नेल्टा बाकेका उपाध्यक्ष तर्क खत्री र सचिब कमल घर्ती रहनु भयको थियो ।
नेल्टाका सन्जिब सिङनलले स्वागत मन्तव्य राखेका थिए । अतिथी खड्ग बहादुर बोहराले यस्ता तालिमले शिक्षकलाई अपडेट बनाउने बताउनु भयो । उहाले तालिम निकै जरुरी भएको र यो तालिमले शिक्षकलाई नया नया सिपहरु सिक्न अबशर दिएको बताय । प्रमुख अतिथी प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यले यो तालिमका बारेमा र नगर प्याब्सनले नगरमा विभिन्न उपलब्धि मुलक कार्यक्रम गर्दै आएको र यो तालिमका लागि आफुले सहकार्य गरेको बारेमा जानकारी दिएका थिए । यो तालिमले शिक्षकहरुलाई मात्र नभई बिधालयलाई नै फाईदा हुने उनले बताए । सो औपचारिक कार्यक्रमको संचालन नेल्टाका सहसचिव हेमन्त राज काफलेले गरेको नेल्टाका सचिब कमल घर्तीले जानकारी दिए।


0 comments:
Post a Comment