नेपालगंज ७ फागुन / शिक्षा बिकास तथा समन्वय ईकाई, बाके द्वारा विभिन्न बिधालयका सस्थापक तथा प्रधानाध्यापक हरुलाई तालिम दिएको छ। अहिले सस्थागत बिधालयको अबस्था दिन प्रतिदिन खस्किदै गएको छ अस्वस्थ प्रतिस्पर्धा एकाधिकार अनि मनपरि अनि प्राचीन तरिकामै चलेकाले गर्दा दिनदिनै खस्किदै गएकोले यो निर्देशिका जरुरी देखिएको छ भनी ईकाई प्रमुख गोर्ख थापाले बताए र थापाले भने बिधालय राम्रो अनि गुणस्तरीय बनाउन बिधालय सहज तरिकाले चलाउनलाई यो निर्देशिका एक सहज अस्त्रका रुपमा बन्ने र बिधालयले सम्पुर्ण नीति नियम पालना गर्नु पर्ने र साथै निर्देशिकाले सबैलाई सहज बनाउने बताए ।
सस्थापक तथा प्रधानाध्यापकहरु लाई सहजीकरण शिक्षा बिकास तथा समन्वय ईकाईका शाखा अधिकृत लोक बहादुर शाहिले गरेका थिए। उनले अहिले राज्यले बनाएको शिक्षा नीति अनि पाठ्यक्रम तथा अबका सस्थापक बिधालय कस्तो हुने, बिधालयले लिने फि देखि लिएर अबका बिधालयका सम्पुर्ण सुबिधा अनि अबको समग्र शिक्षा नितिका बारेमा जानकारी दिएका थिए शैक्षिक तालिमकेन्द्रका प्रमुख माधब शर्माले कन्फिलिक्ट मेनेजमेन्ट्का बारेमा बिधालय भित्र हुने विभिन्न समस्या हरु र तिनका निबारण कसरी गर्ने द्वन्द्व ब्यबस्थापन सम्बन्धि विबिध जानकारीका दिनु भयको हेमन्तराज काफ्लेले जानकारी दिनुभयो ।


0 comments:
Post a Comment