बर्दिया २१ चैत्र / बढैयाताल गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरुले बजेट विनियोजन तथा योजना तर्जुमा प्रक्रियामा महिलाहरुको सक्रिय सहभागिता हुुनु पर्नेमा जोड दिएका छन् ।
दलित महिला उत्थान संघ गुलरियाको आयोजनामा स्थानीय तहमा महिलाको न्यायको लागि जवाफदेहिता अभिवृद्धि परियोजना अन्तर्गत बढैयाताल गाउँपालिको दलित महिला जनप्रतिनिधिहरुलाई बजेट तथा योजना तर्जुमा प्रक्रियामा महिला जनप्रतिनिधिहरुको भुमिका विषयक अभिमुखीकरण गरिएको छ । सो कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले पहिलेको भन्दा अहिले महिलाहरु राजनीतिमा सक्रृय भएर लागेको तर अझै पनि भने जति महिलाहरु राजनीतिमा आउन नसकेको बताउनुभयो ।
त्यसैगरि बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दीपा कुमारी गौतमले महिला जनप्रतिनिधिहरु अब आफनो वडामा बन्ने योजनाहरु छनौट गर्दा ध्यान गर्नु पर्ने र योजना छनौट प्रक्रियामा सक्रृय भएर लाग्नु पर्नेमा जोड दिइन् । दलित महिला उत्थान संघका अध्यक्ष खिमा विकको सभापतित्वमा सम्पन्न भएको सन्चारकर्मी मिना थापाले जानकारी दिइन् ।

0 comments:
Post a Comment