बालबिवाह सामुहिक समस्या भएकोले सामुहिक रुपमा अगाडी बढ्न सरोकारवालाहरुको भनाई

बर्दिया २४ चैत्र / बढैयाताल गाँउपालिका वडा नं २ मा बाल बिवाह अन्त्यका लागि स्थानीय बासी र सरोकारवालाहरु बिच अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । सानै उमेरमा बालबालिकाहरु बिवाह गरेपछि शारिरिक र मानषिक रुपमा परिपक्क हुदैनन् । सानै उमेरमा बिवाह गरेर धेरै किसोर किसोरीहरुको घरबार बिग्रिएको हुनले यो समस्यालाई अन्त्य गर्नको लागि आवाज संस्थाले बढैयाताल गाँउपालिकाको प्रत्येक वडा÷वडामा कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा प्रमुख अतिथीको आशानबाट बोल्दै बढैयाताल वडा नं २ का अध्यक्ष काजीमान सुनारले वडा अध्यक्षको काम बाटो घाटो बनाउने मात्रै नभएर मान्छेलाई सभ्य र सहनसिल बनाउने समेत रहेको बताउनु भयो । 
मानिस सभ्य र सहनसिल भएन भने त्यस ठाँउमा शान्ति र सुशासन कार्यम गर्न नस्कने अध्यक्ष सुनारले बताउनु भयो । त्यसैगरी गाँउ समाजमा अझै चेतनाको कमी भएकोले स्थानीय सरकार र बिभिन्न संघ संस्थाले एकल रुपमा नभएर सामुहिक रुपमा पहल गर्नु पर्ने सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङले बताउनु भयो । त्यसैगरी सानै उमेरमा बाल बिवाह भयो भने पारिवारिक बोझ, आमा र बच्चको शारिरिक तथा मानसिक  रुपमा समस्या हुने भएकोले सानै उमेरमा बिवाह नगर्न पत्रकार मिना थापाले बताउनु भयो । आवाज संस्थाका कार्यक्रम ब्यवस्थापक चेतनराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जमुनी इलाका प्रहरी कार्यालयका प्रहरी नयव निरिक्षक लोकेन्द्र सिंह कार्की लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षक,अभिभावक, युवा,महिला ,पत्रकार समेतको उपस्थिति रहेको थियो । बढैयाताल गाँउपालिकाको समन्वय र आवाज संस्थाको आयोजनामा भएको कार्यक्रम आवाज संस्थाकी कृष्ण अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/