घटना ब्यवस्थापनमा सक्रिय हुदै सामुदायिक छलफल केन्द्रका सहजकर्ताहरु

सोम गुरुङ,बाँके २९ भदौ / महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि घटना ब्यवस्थापन तालिम धेरै नै उपयोगी भएको एक कार्यक्रमका सहभागी सहजकर्ता किशोरीले बताएका छन् । सो घटना ब्यवस्थापन तालिम सामुदायिक छलफल केन्द्रका सहजकर्ताहरुको लागि नेपालगन्जमा सन्चालन गरिएको थियो । 
महिला र बालिका विरुद्ध हुने हिंसा समाधानका लागि सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल ) र अक्सफाम नेपालको साझेदारीमा संचालन भएको महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागी अभियान कार्यक्रम अन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नं.५,६ र ७ र डुडुवा गाउँपालिको वडा नं.१,२,४र ५मा ४५ वटा सामुदायिक छलफल केन्द्रको सहजकर्ताहरु र कर्मचारी गरि २७ जनाको सहभागिता रहेको थियो । सो तालिमलाई प्रशिक्षक सुशिलराज गिरी र रस्मिता मर्हजनले सहजीकरण गरेका थिए । सो तालिममा सहभागी डुडुवा गाउँपालिका वडा नं. २, का सहजकर्ता सुनिता बर्माले तालिम उपयोगी रहेको र घटना ब्यवस्थापन गर्न सजिलो भएका बताईन् । त्यसै गरि राप्ती सोनारी गाउँपालिका वडा नं.७, लालपुरका ललिता शाहीले यस तालिमले घटना ब्यवस्थापन गर्न सहज हुने बताईन् । 
स्थानीय तहमा कार्य गरिरहेका सहजकर्ताहरुलाई बालबालिका तथा महिला माथि हुने हिंसाको घटनालाई कसरी समाधान गर्न सकिन्छ र पीडितलाई कसरी न्याय दिलाउन प्रमाण जुटाउन सकिन्छ भनी यो तालिम सन्चालन गरिएको स्याक नेपालका परियोजना संयोजक राम कुमारी चौधरीले जानकारी दिइन् । सो तालिममा सहभागीहरुलाई आयोजक संस्थाका अध्यक्ष शिवलाल पाण्डे र टिम लिडर नेत्रकला शाहीले वितरण गर्नु भएको थियो । 
४५ वटा सामुदायिक छलफल केन्द्रका सहजकर्ताहरुले महिला र बालिका माथि हुने हिसा अन्त्यका लागी सचेतना फैलाउनको लागी डुडुवा गाउँपालिको वडा नं.१,२,४ र ५ र राप्ती सोनारी गाउँ पालिकाको वडा नं. ५,६ र ७ मा  रहेका ४५ वटा सामुदायिक छलफल केन्द्रका सहजकर्ताहरुले आफनो स्थानीय तहमा हुने कुनै पनि हिंसाका घटनाहरुलाई अभिलेखीकरण गर्ने र न्यायको लागि सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गर्ने प्रतिबद्धता जनाएका छन् । 

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/