सरसफाइ कार्यक्रम सप्पन्न

बुटवल, भाद्र २५ – “विश्व सरसफाइ दिवस सफल पारौ” भन्ने मुल नाराको साथ न्यु स्टार बालक्लबले सरसफाइ कार्यक्रम सप्पन्न गरेको छ ।
बालक्लबका अध्यक्ष अभिजित काफ्लेको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि विधालय प्रार्चय कृष्ण प्रसाद काफ्ले रहेका थिए ।
काफ्लेले स्वास्थमा सरसफाइले ठुलो मद्दत गने भएको हुनाले यो कार्यक्रम एक दिन मात्र गरेर नहुने र यो अभियानलाई सबै मिलेर निरन्तर रूपमा लैजाने प्रतिबद्धता जनाए । यसै गरी कार्यक्रममा बोल्दै अभियानता समीर परियारले सरसफाइ अभियान हामिले धेरै पहिला बाट संचालन गर्दै आएको र यसलाई अभियानलाई घरघर पुर्‍याउने उद्देश्य रहेको बताए । परियारले बालबालिकाको स्वास्थ्यमा सरसफाइले महत्त्वपूर्ण भुमिका राख्ने हुनाले यो अभियानमा बालबालिकालाई जोडेको बताए ।
कार्यक्रममा सरसफाइ अभियान्ता, वडा बाल संजाल अध्यक्ष, बालमैत्रि स्वयंसेवक,बालक्लब संरक्षक, जु.रे.स न्यु स्टार संरक्षक ,बालक्लबका र विद्यालयका विद्यार्थीहरुको सहभागी रहेको थियो । बालबालिकासँग सरोकार राख्ने सम्पूर्ण काममा बालक्लब सकृय रुपमा अघी बढेको छ
सचिव स्मृति भुषालको संचालनमा रहेको कार्यक्रममा बालक्लबकि उपाध्यक्ष एलिसा भण्डारीले स्वागत मन्तव्य राखेकी हुन् ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/