प्रथम नरैनापुर दौड २०७५ उपाधी यादवले चुम्न सफल

सोम गुरुङ,नेपालगन्ज १९ माघ /  बाँकेको बघौडा क्षेत्र नरैनापुरमा ईतिहासमै पहिलो पटक सुशासन, समृद्धि र विकासका लागि शनिवार भएको प्रथम नरैनापुर दौड २०७५ तर्फ नरैनापुर गाउँपालिका वडा नं.६ का जयकिशान माविका विद्यार्थी तेजप्रकाश यादव प्रथम भई ट्रफी चुम्न सफल भएका छन् । 
त्यसै गरि दोस्रो स्थानमा नरैनापुर गाउँपालिका वडा नं.६ का जयकिशान माविका विद्याथी राजेश यादव र तृतीय स्थानमा नरैनापुर गाउँपालिका वडा न.६ कै मन्साराम यादव भएका थिए । चौथो स्थान हुुने राजेन्द्र मौर्य, पाचौ स्थानमा सूरजलाल हरिजन आएका थिए भने छैठौ स्थानमा हंसराज विश्वकर्मा भएका थिए ।  बिजयी हुनेलाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको कार्यक्रम संयोजक रविन्द्र कुमार ज्ञवालीले जानकारी दिए । 
त्यसै गरि प्रथम नरैनापुर दौड २०७५ तर्फ नरैनापुर महिलातर्फ प्रथम भई नरैनापुर गाउँपालिकाका वडा नं.६ का आँचल चौधरीले हात पार्न सफल भईन । त्यसै गरि दोस्रो बिनिता भण्डारी र तृतीयमा लक्की मौर्य भएको दौड एथ्लेटिक्स प्रशिक्षक रेस डाईरेक्टर चन्द्र बहादुर गुरुङले बताउनुभयो । 
विजयी खेलाडीलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । सो नरैनापुर गाउँपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको आयोजनामा भएको प्रथम नरैनापुर दौड २०७५ विजेताहरुलाई नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, राष्ट्रिय मानव अधिकार आयोग, बाँकेका प्रमुख चन्द्रकान्त चाँपागाई, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत  र सनराईज बैंक लिमिटेड नरैनापुर शाखाका प्रमुख खडक देवकोटा र कार्यक्रम ब्यवस्थापक लक्ष्मी तिवारी लगायतले पूरस्कार वितरण गर्नुु भएको थियो । 
सो पुरस्कार वितरण कार्यक्रममा पुरस्कार वितरण गर्नुहुदै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सो क्षेत्रको समग्र विकासका लागि खेलको माध्यमले भातृत्व विकास र शान्तिको सन्देश प्रवाह गर्न सफल हुने हुदाँ नरैनापुर प्रथम दौड २०७५ गरिएको बताउनुभयो । उहाँले नरैनापुर गाउँपालिकामा क्रिकेट खेलको लागि मैदानको शिल्यान्यास भईसकेको समेत जानकारी गराउनुुभयो । 
सो दौड प्रतियोगितामा त्यस क्षेत्रका युवा, विद्यार्थी, किसान, कर्मचारी, महिला, समाजसेवी लगायत स्थानीयको उल्लेख्य रुपमा सहभागिता रहेको केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो साथै आगामी बर्षमा भब्यरुपमा खेलकूद कार्यक्रम गरिने समेत जानकारी गराउनुभयो । 
यस दौड प्रतियोगिताले नरैनापुर क्षेत्रमा खेलकुदको माध्यमले ठाउँको पहिचान, विकास, सुशासन सहितको सचेतना अभिबृद्धि भएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुुर बस्नेतले बताउनुभयो । 
आजै नरैनापुर गाउँपालिकाको वडा नं.२ मा कादरी यूवा स्पोर्टस क्लबको आयोजनामा आर्ठौ क्रिकेट खेल प्रतियोगिताको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले रिबन काटेर उद्घाटन समेत गर्नुभएको स्थानीय युवा सुजित तिवारीले जानकारी दिए । 

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/