तमू( गुुरुङ्ग) मातृभाषा प्रशिक्षण कार्यक्रम सम्पन्न


सोम गुरुङ्ग,बाँके २६ जेठ / तमुह्युुल छोंजधी (गुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समिति, बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा तमू( गुरुङ्ग) मातृभाषा प्रशिक्षण कार्यक्रम आज नेपालगंज बौद्ध धर्म संघ गुम्बामा सम्पन्न भएको छ । 
सो तमू( गुुरुङ्ग) मातृभाषा प्रशिक्षण कार्यक्रम समापन कार्यक्रममा तमु ह्युुल छोंज धी बाके अध्यक्ष युग बहादुर गुुरुङ्गको सभापतित्व भएको थियो भने प्रमुख अतिथिमा आदिवासि जनजाति महासंघ, बाँकेका अध्यक्ष डम्बर बहादुर थापा रहनु भएको थियो । सो तमू( गुरुङ्ग) मातृभाषा प्रशिक्षणको प्रशिक्षण दिपक गुरुङ्गले गर्नु भएको थियो । यस कार्यक्रमको बजेट तमु ह्युुल छोंजधी (गुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समितिका सचिव शोभा गुरुङ्गले पारदर्शिताको लागि सार्वजनिकरण समेत गर्नुभएको थियो ।
कार्यक्रममा तमुस्यो ह्युुल छोंज धी बाँकेका अध्यक्ष सीता गुरुङ, तमु ह्युुल छोंजधी (गुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समितिका संगठन सचिव गजेन्द्र गुरुङ, जिल्ला वाल क्लव संजाल बाके अध्यक्ष श्वेता गुरुङ, बौद्ध धर्म संघ गुम्बाका कोषाध्यक्ष रण प्रसाद राना, वडा नं.२ का वडा सदस्य ध्रुव दाहाल,नेपाल तमु विद्यार्थी छोज धी, बाँकेका अध्यक्ष सुदन गुरुङ्ग लगायतले आ–आफनो विचार राख्नुु भएको थियो । सो तमू(गुरुङ्ग) मातृभाषा प्रशिक्षणमा सुमन गुरुङ्ग, प्रथम, शर्मिला गुरुङ्ग द्धितिय, लुना गुरुङ्ग तृतिय घोषित भएका थिए ।  
सो कार्यक्रममा प्रमुख अतिथि आदिवासि जनजाति महासंघ, बाँकेका अध्यक्ष डम्बर बहादुुर थापाले संस्कृतिको धनी गुरुङ्ग समुदायले आफनो थाकथलो भन्दा बाहिर बस्दा आफनो संस्कृतिहरु बिर्सिदै गएको अवस्थामा नेपालगन्जमा आफनो गुुरुङ्ग भाषाको प्रशिक्षण हुुदाँ गुरुङ्ग समुदायको भाषाको जर्गेणा हुनुको साथै आफनो जातीय पहिचानको लागि सहयोग पुुग्ने बताउनुुभयो साथै उहाँले यति मात्रै प्रयाप्त नभई अझै निरन्तर यस्ता प्रशिक्षण हुनु पर्नेमा जोड दिनु भयो । तमू( गुरुङ्ग) मातृभाषा प्रशिक्षण कार्यक्रम समापन कार्यक्रमका सभापति तमु ह्युुल छोंज धी बाके अध्यक्ष युग बहादुर गुरुङ्गले अब नयाँ पुस्तालाई मातृभाषा सिकाउनु पर्ने र गुरुङ्ग भाषा, भेषभुषा र संस्कृतिलाई जर्गेणा गर्नु पर्नेमा जोड दिनुभयो । 
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...