११६ जना ज्येष्ठ नागरीकहरुलाई सम्मान


बाँके / नेपालगंज नगरपालिका वडा न २२ ले आज शनिबार ११६ जना ज्येष्ठ नागरीकहरुलाई सम्मान गरेको छ । सभ्य र सुसंस्कृत समाजको आधार ज्येष्ठ नागरीकहरुलाई सम्मानजनक व्यवहार भन्ने मुल नाराका साथ ज्येष्ठ नागरीक सम्मान कार्यक्रमको आयोजना गरी वडाले सम्मान गरेको हो । लक्षीतवर्ग कार्यक्रम अन्तरर्गत आफ्ना अभिभावकहरुको सम्मान नै सबै भन्दा ठुलो सम्मान हो भन्ने विषयलाई जोड दिन वडाका ७० वर्ष भन्दा माथिका ज्येष्ठहरुलाई आफुहरुले सम्मान गरेको वडा न २२ का वडा अध्यक्ष विद्याराम वर्माले बताए ।

नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बौल्दै उपमेयर थापा मगरले अवका दिनमा नयाँ तथा फरक तरीकाले ज्येष्ठ नागरीकको सम्मान हुनु पर्ने बताइन ।उपमेयर थापाले भनिन,बृद्धिहरुको लागि समाजिक सुरक्षा भत्ता लिने कुरामा व्यवस्थापन गर्न समस्य भएको छ ,अव वडाले नै समाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाउदै छौ ,” ।उनले भनिन,अवका दिनमा हचुवाको भरमा ज्येष्ठ नागरिका कार्यक्रम बनाउने भन्दा पनि उहाँहरुको आवश्यकता अनुसार कार्यक्रम बनाइनु पर्दछ । ”कार्यक्रममा बोल्दै वडा अध्यक्ष वर्माले भने,हाम्रो यो सानो प्रयास हो ,जसबाट नयाँ पिढिलाई ज्येष्ठ नागरीकहरुको सम्मान सेवा गर्नु पर्दछ भन्ने सिकाईको सन्देश प्रवाहको लागि हो ।”

नेपाली कांग्रेस  महासमिति सदस्य राज कुमार वर्मा विशिष्ट अतिथि रहेको सो सम्मान कार्यक्रममा वडा कार्यसमितिका सदस्यहरु मरी कुर्मी,राजिय किंगरीया ,सुरस्ती धोवी,नेपाल रेडक्रस सोसाइटी पुरेनी उपशाखाका सभापति फन बहादुर गुरुङ,नेपाली कांग्रस क्षेत्रिय सचिव क्षेत्र न ३ का शिवकुमार वर्मा,नेपाली कांग्रेस  नगर कार्यसमिति उपसभापति धनराज वर्मा,नेपाली कांगे्रस महाधिवेशन प्रतिनिधि तथा नेपाल महिला संघकी क्षेत्रीय सभापति खगेश्वरी रावत,नेपाल क्युनिष्ट पार्टी पुरैनीका अध्यक्ष खिमबहादुर आले र गोपाल बैश्य, नेपाली कांगे्रस इकाई कार्यसमिति पुरैनी उपसभापति आज्ञाराम धोवी,मधेशी जनअधिकार फोरम पुरैनीका अध्यक्ष तैयाबअलि साई,राष्ट्रिय प्रजातन्त्र पार्टि पुरैनीका अध्यक्ष गुरुद्धिन यादव ,बाके युनुस्को क्लव बाकेको कार्यक्रम संयोजक आशिष वर्मा,लगाएतको उपस्थिति रहेको थियो ।

वडाका सचिव थानेश्वर न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेस  महासमिति सदस्य राज कुमार वर्मा,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल महिला संघकी क्षेत्रीय सभापति खगेश्वरी रावत लगाएतले मन्तव्य राखेका थिए ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...